कीवर्डहरू -

यी चार प्रदेशमा निःशुल्क सीम वितरण गरिने 

यी चार प्रदेशमा निःशुल्क सीम वितरण गरिने 

सरकारले ४ प्रदेशमा निःशुल्क सीम वितरण गर्ने घोषणा गरेको छ । आइतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले ४ प्रदेशमा निःशुल्क सीम वितरण गर्ने घोषणा गरेका हुन्

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का तराईका सबै जिल्लाहरुमा निःशुल्क सीम कार्ड वितरण गरिने छ भने कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाहरुमा पनि निःशुल्क सीम कार्ड वितरण गरिने छ ।

सरकारले निःशुल्क सीम वितरण गर्ने घोषणा गरेपनि कहिलेबाट सीम वितरण हुन्छ त्यो भने स्पष्ट खुलाइएको छैन् ।