कीवर्डहरू -

गूगल प्ले स्टोरेको नयाँ नीति, जथाभावी एप डाउनलोड गर्न रोक लगाउने

गूगल प्ले स्टोरेको नयाँ नीति, जथाभावी एप डाउनलोड गर्न रोक लगाउने

गूगलले प्ले स्टोरका लागि नयाँ नीति ल्याएको छ । यस पटकको प्ले स्टोरको नीति भ्रामक एप सूचीलाई केन्द्रित गरेर बनाइएको छ । यो नयाँ गाईडलाईनले जथाभावी एप डाउनलोड गर्नबाट रोक लगाउँनेछ ।

नचाँहिदो फिचर छ भनेर प्रयोगकर्तालाई झुक्याउने एपहरुलाई गूगलले प्रतिबन्ध गर्ने भएको छ । प्लेस्टोरमा अहिले मेटाडेटा पोलिसिले ब्राण्डको नाम बाहेक क्यापिटल लेटर प्रयोग गर्नै दिदैन् ।

त्यहीसँगै गूगल प्लेस्टोरमा एपको नाममा ईमोजि प्रयोग गर्न पाईदैन् । एप निर्माताहरुले पनि एपको नाम ३० क्यारेक्टर भन्दा कमनै राख्नुपर्ने हुन्छ ।

त्यस्तै एप डाउनलोड गर्नका लागि प्रोत्साहन गराउन ग्राफिक वा टेक्सट पनि राख्न मिल्दैन् । प्लेस्टोरको नीति नमान्ने एपहरुलाई गूगलले आफ्नो प्लेस्टोरमा नराख्ने भनेको छ । त्यस्तै गूगलले फ्रि, बेस्ट जस्तो शब्द प्रयोग गर्नु भन्दा अर्थपूर्ण जानकारी राख्न आग्रह गरेको छ ।