कीवर्डहरू -

जीन एडीट गर्न हार्वडका अन्वेषकहरुले बनाए नयाँ टूल

जीन एडीट गर्न हार्वडका अन्वेषकहरुले बनाए नयाँ टूल

हार्वडका अन्वेषकहरुले नयाँ जीन एडीट गर्न मिल्ने टूल बनाएका छन् । यसले वैज्ञानिकहरुलाई एकैपटक लाखौँ अनुवंशिक प्रयोगहरु गर्न दिन्छ । यसलाई अन्वेषकहरुले रेट्रन लाइब्ररी रिकम्बीनियरिङ प्रविधि भनेका छन् ।

यसमा ब्याक्टेरियल डिएनएको रेट्रन भन्ने भाग लिएर जीन एडीट गरिन्छ । यसले डिएनए अनुक्रमलाई सजिलै फेरबदल गर्न दिन्छ ।

अहिलेको सबैभन्दा राम्रो जीन एडीट गर्ने प्रविधि सिआरआईएसपिआरको रेट्रन लाइब्ररी रिकम्बीनियरिङ प्रविधिको प्रतिद्वन्दी बन्न सक्छ ।

यसबाट वास्तविक डिएनएलाई नबिगारेर जीन एडीट गर्न सकिन्छ जसले वैज्ञानिकहरुलाई सहयोग पुर्‍याउनेछ । त्योसँगै यसको मद्दतले एकैचोटि धेरै परिक्षण गर्न सकिन्छ । यसलाई प्रयोग गरेर ठूलो खालको जेनेटिक परिक्षण गर्न सकिन्छ ।