कीवर्डहरू -

फेसबुकले सार्वजनिक गर्याे इन्स्टाग्राम लाइभमा क्यामेरा र माइक म्यूट गर्न मिल्ने फिचर 

फेसबुकले सार्वजनिक गर्याे इन्स्टाग्राम लाइभमा क्यामेरा र माइक म्यूट गर्न मिल्ने फिचर 

फेसबुकले इन्स्टाग्राम लाइभमा पनि ब्रोडकास्टको बेला फोनको क्यामेरा अफ गर्न मिल्ने फिचर ल्याएको छ । त्योसँगै लाइभको बेला माइक पनि म्यूट गर्न सकिन्छ ।

यो फिचर पहिले क्लबहाउसमा थियो र अब इन्स्टाग्राममा पनि उपलब्ध हुनेछ । तर अहिलेसम्म पनि क्लबहाउसमा जसरी इन्स्टाग्राम लाइभमा छिरेर कुरा गर्न सकिदैन् ।

फेसबुकले पहिले देखिनै आफ्नो फिचर अरु एपसँग प्रोत्साहित भएर ल्याउने गर्छ । फेसबुकको स्टोरी फिचर स्नापच्याटबाट आएको हो । त्यस्तै इन्स्टाग्राम रिल्सको फिचर टिकटकबाट आएको हो ।

यो फिचरले गर्दा लाइभ गएको मान्छेलाई कतै जानुप¥यो वा कुनै अवरोधको कारण समस्या भएमा एकदमै मद्दत पु¥याउँछ । यो फिचरलाई क्रियटरहरुले लामो समय देखि पर्खिरहेका थिए ।