कीवर्डहरू -

को हुन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) विजेता कुशुम लामा ?

‘अब अर्को वर्ष आइसिटी अवार्डको मुख्य विधामा प्रतिस्पर्धा गर्नेगरी काम गर्ने छु ।’

को हुन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन)  विजेता कुशुम लामा ?

नेपालको सूचना तथा सञ्चार प्रविधिमा परिचित नाम हो कुशुम लामा । कर्पोरेट क्षेत्रमा रहेर डिजिटाइजेसन र प्रविधिमा काम गरेको जस उनलाई जान्छ ।

प्रभु ग्रुपको भाइस प्रसिडेनट रहेकी कुशुम लामाले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्राप्त गरेकी छन् ।

सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आइसिटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

प्रभु ग्रुपको भाइस प्रेसिडेन्टको रुपमा रहेकी लामा यस ग्रुप अन्तर्गतका एक दर्जनबढि कम्पनी तथा संस्थाहरुको नेतृत्व गर्छिन् ।

उनले यस अवार्डले थप जिम्मेवारी थपिदियो बताइन । ‘आगामी दिनमा अझ उत्साहित भएर काम गर्न प्रेरणा दिएको छ,’ आइसिटी समाचारसँग कुरा गर्दै लामाले भनिन्, ‘डिजिटाइजेसनमा अझ बढी काम गर्नेछु ।’ अबको दिनमा गाउँघरसम्म प्रविधि प्रविधि पु¥याउन काम गर्ने बताए ।

‘मेरो अहिलेसम्मको कामलाई मूल्यांकन गरेर यो अवार्ड दिएको छ,’ उनले भनिन्, ‘अब अर्को वर्ष आइसिटी अवार्डको मुख्य विधामा प्रतिस्पर्धा गर्नेगरी काम गर्ने छु ।’

अवार्डले अझै बढी काम गर्न र अगाडि बढ्नु पर्छ भन्ने सपना थपिदिएको बताइन।

मुलुकमा कोरोना संक्रमणले भइरहेको बेला डिजिटाइजेसनको महत्व अझ बढी भएको भन्दै यस क्षेत्रमा अझै थप्रै काम गर्न बाँकी रहेको उनले बताइन ।

उनी हाल प्रभु इन्सुरेन्समा अध्यक्ष, प्रभु म्यानेजमेन्टमा कार्यकारी अध्यक्ष, मेडिफ्लो सिस्टममा अध्यक्ष, प्रभु बैंक, प्रभु टेक्नोलोजी, स्मार्ट च्वाइस टेक्नोलोजि, फिन एक्सेसलगायतमा निर्देशकका रुपमा रहेकी छन् ।

पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।

सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी थिइन् ।

पहिलो लाइसेन्स प्राप्त मोबाइल पेमेन्ट सर्भिस प्रोभाइडर प्रभु पेले स्मार्टफोन नभएका तर बारफोन प्रयोगकर्तालाई समेत पहिलोपटक डिजिटल पेमेन्टको पहुचमा जोड्न सफल छ ।

यसैगरी, प्रभु म्यानेजमेन्ट मार्फत डिजिटल फाइनान्स सर्भिस, कोर एकाउन्टिङ सफ्टवेयर, रेमिट्यान्स र सहकारी सफ्टवेयरको विकास र प्रयोगले लाखौ मानिसलाई सहज जीवनशैलीमा रुपान्तरण गरेको छ ।

विदेशमा बसेका नेपालीलाई रेमिट्यान्सको डिजिटल नेटवर्कदेखि ग्रामिण क्षेत्रका सहकारीमार्फत गरिब, किसानको जीवनस्तर उकास्न उनेले नेतृत्व गरेका कम्पनीले महत्वपुर्ण योगदान दिएको छन् ।

यसैगरी, धेरै विद्यालयहरुको लागि ई–शिक्षा नामक सफ्टवेयर निशुल्क रुपमा प्रदान गरेकी कुशुम लामाले प्रभु बैंक लगायतका धेरै संस्थाहरुमा आइसिटी पोलिसी बनाउने र कार्यान्वयनमा ल्याउन सहयोग गरेकी छन् ।

लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन । विभिन्न कम्पनी मार्फत सयौंलाई रोजगारी उपलब्ध गराउन सफल लामाले डिजिटल रुपान्तरणको अभियानमा उत्तिकै महत्वपुर्ण योगदान दिएकी छन् ।