कीवर्डहरू -

अब अनलाइनबाटै मानसिक स्वास्थ्य सेवा लिन सकिने

अब अनलाइनबाटै मानसिक स्वास्थ्य सेवा लिन सकिने

अनलाइनबाट मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ह्याप्पी माइन्ड्स डट हेल्थ सार्वजनिक भएको छ । जीजी कर्पोरेसन प्रालिले ह्याप्पी माइन्ड्स डट हेल्थ सञ्चालनमा ल्याएको हो ।

यसले मानसिक स्वास्थ्य सम्बन्धी जागरुकता बढाउने र मानसिक स्वास्थ्य सम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गर्ने बताइएको छ ।

मनोचिकित्सक डा सुरज शाक्यको नेतृत्वको ह्याप्पी माइण्ड्समा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् ।