कीवर्डहरू -

सुबिसुका अध्यक्ष पराजुलीले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख नेपाल भेन्टिलेटर बैंकलाई

सुबिसुका अध्यक्ष पराजुलीले दिए नेसनल आइसिटी अवार्डबाट पाएको १ लाख नेपाल भेन्टिलेटर बैंकलाई

सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट पाएको १ लाख रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई प्रदान गरेका छन् ।

कोरोना महामारीको समयमा भेन्टिलेटरको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु नपरोस भनेर पराजुलीले  नेसनल आइसिटी एक्सेलेन्स अवार्डबाट पाएको १ लाख रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई प्रदान गरेका हुन् ।

आईतबार मात्रै राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारले पराजुलीलाई १ लाख रूपैयाँ नगदसहित नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ बाट सम्मानित गरेको थियो ।

नेपालमा इन्टरनेट सेवाका विस्तार तथ आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । उनी इन्टनरेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष पनि हुन् ।

सन् २००१ मा ५ जना साथीहसँग मिलेर सुरु गरेको सुविसुले हाल १६ सय बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान कम्पनीमा सुविसु पहिलो सेवा प्रदायक हो ।

सुधिर पराजुली अहिले उद्योग वाणिज्य महासंघमा आइसिटी कमिटीका उपसभापति पनि छन् । नेपालमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय मापदण्डको पहिलो डेटा सेन्टर स्थापना गरि सफलतापुर्वक सञ्चालन उनी सफल भएका छन् ।