कीवर्डहरू -

नेसनल आइसिटी अवार्ड विजेता ह्वावे टेक्नोलोजी, यी हुन २० वर्षदेखि नेपालमा गर्दै आएका काम

ह्वावे टेक्नोलोजीले ह्वावे टेक्नोलोजी नेपाल कम्पनीमार्फत दुई दशकदेखि विभिन्न काम गर्दै आएको छ ।

नेसनल आइसिटी अवार्ड विजेता ह्वावे टेक्नोलोजी, यी हुन २० वर्षदेखि नेपालमा गर्दै आएका काम

संसार मै चर्चित छ ह्वावे टेक्नोलोजी । मोबाइल इन्टरनेट विस्तारमा संसार मै उसको ब्रचश्व रहेको छ ।

नेपालमा पनि उसको मोबाइल सेटदेखि उसका टेक्नोलोजी प्रयोग भइरहेका छन् । मोबाइल इन्टरनेट टुजीदेखि फोरजी विस्तारमा उसको प्रविधि प्रयोग भइरहेका छ भने फाइभजीमा पनि प्रयोग हुदै छ ।

नेपालको सूचना तथा सञ्चार प्रविधिमा यिनी योगदानको कदर गर्दै नेपाल सरकारले ह्वावे टेक्नोलोजी नेपाल नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर)बाट प्रदान गरेको छ ।

सरकारले आइतबार आइसिटी अवार्ड २०२१ का अवार्ड विजेताहरुको घोषणा गर्दै नेपालको सूचना तथा संचार प्रविधिमा विशेष योगदान गरेको भन्दै ह्वावे टेक्नोलोजीलाई ‘नेसनल आइसिटी अवार्ड २०२१, प्राइभेट सेक्टर’बाट सम्मान गरिएको हो ।

ह्वावे टेक्नोलोजीले ह्वावे टेक्नोलोजी नेपाल कम्पनीमार्फत दुई दशकदेखि विभिन्न काम गर्दै आएको छ ।

नेपालममा मोबाइल इन्टरनेट विस्तारमा उसले सुरुदेखि नै काम गर्दै आएको छ । सन् २००० मा नेपाल टेलिकमले दोश्रो पुस्ताको मोवाइल सेवा सुरु गर्दा ह्वावेले टुजीको पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।

त्यस्तै, भेण्डरको रुपमा हुवावे नेपालले सन् २०१० मा एनसेलले थ्रिजी विस्तार गर्दा उसको प्रविधि प्रयोग भएको थियो ।

सन् २०१७ देखि नेपाल टेलिकमसँगको सहकार्यमा देशभरी फोरजी सेवा पुर्याउन काम गरिरहको छ ।

त्यस्तै, सगरमाथा वेस क्याम्पमा वायरलेस बेस स्टेशनसँगै अरु १५ हजारबढि बेस स्टेशनको साइटको निमार्णमा ह्वावेको सहयोग रहेको छ ।

डिजिटल ट्रान्सफरमेसनको लागि टेलिकमदेखि एयरलाइन्स र बैकिङ क्षेत्रमा समेत कम्पनीले सहकार्य गर्दै आएको छ ।

अन्तराष्ट्रिय स्तरमा ह्वावे एउटा अग्रणी टेक कम्पनी हो, जसले फाइज जीलाई डिजिटल ट्रान्सफरमेसनको लागि एउटा फाउण्डेशनको रुपमा अघि बढाइरहको छ ।
स्थानीय आइसिटी उद्योगमा प्राविधिक रिसोर्सको लागि ह्वावे एउटा पुलजस्तो भएर काम गरिरहेको छ ।

ह्वावे नेपालले भुकम्पको बेला केही घन्टा मै ३९० वटा वेस स्टेसनलाई रिस्टोर गर्र्दै सञ्चारलाई तत्काल सुचारु गखेको थियो ।

ह्वावे नेपालले भुकम्पको बेला केही घन्टा मै ३९० वटा वेस स्टेसनलाई रिस्टोर गर्र्दै सञ्चारलाई तत्काल सुचारु गखेको थियो ।

कम्पनीले नेपाल सरकारले लिएको डिजिटल नेपालको उद्देश्यलाई साकार पार्न डिजिटल इन्फास्ट्रक्चर तथा डिजिटल फाउन्डेसनको आधार तयार पार्न काम गरिरहेको छ ।

झण्डै २ करोड ५० लाख बढि नेपालीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सञ्चार र अन्य प्राविधिक सेवा दिइरहेको कम्पनीले गतवर्ष मात्रै ३० करोडभन्दा बढि आयकर सरकारलाई तिरेको छ ।