कीवर्डहरू -

भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्दै    

भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्दै    

भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्ने भएको छ । यो एकदमै राम्रो काम गर्ने खालको चिप हुने कम्पनीले बताएको छ । यसले भोल्क्सवागेनलाई एप्पल र टेस्लाको प्रोसेसरसँग प्रतिस्पर्धा गर्न मद्दत पुर्‍याउनेछ ।

कम्पनीले आफै प्रोसेसर नबनाएर क्यारियाड भन्ने भोल्क्सवागेनको सफ्वेयर कम्पनीले बनाउनेछ तर भोल्क्सवागेनले पेटेन्ट आफ्नै नाममा राख्नेछ । यसले कम्पनीलाई फुल सेल्फ ड्राइभिङ र अटोपाईलट मोडमा अझै नियन्त्रण गर्न दिन्छ ।

एप्पलले पनि आफ्नै प्रोसेसर बनाउने भएकाले फोन अनुसारको सिपियू बनाउने गर्छ जसले गर्दा एप्पलको बजारमा माग रहेको छ । भोल्क्सवागेनको चिप प्रयोग भएको सेल्फ ड्राइभिङ कार सन् २०२५ सम्ममा आउनेछ ।