कीवर्डहरू -

विन्डोज टेनमा एएसी ब्लुटुथ अडियो सपोर्ट दिदै माइक्रोसफ्ट 

विन्डोज टेनमा एएसी ब्लुटुथ अडियो सपोर्ट दिदै माइक्रोसफ्ट 

माइक्रोसफ्टले विन्डोज टेनमा एएसी ब्लुटुथ अडियो सपोर्ट दिने भएको छ । एयरपोड हुने प्रयोगकर्ताहरुलाई यसले एकदमै धेरै सहयोग पुर्‍याउनेछ ।

अहिलेसम्म विन्डोज टेनले एसबिसी र क्वालकमको एपिटिएक्स मात्रै सपोर्ट गर्ने गर्छ । एएसीको सबैभन्दा नजिक सम्बन्ध एप्पलसँग रहेको छ ।

माइक्रोसफ्टले विन्डोज टेनमा ब्लुटुथ इन्पुट छान्ने प्रक्रियामा पनि परिवर्तन ल्याईरहेको छ । अहिले टास्कबार साउण्ड मेन्युमा गएर राईट क्लिक गर्याे भने त्यहाँ कम्प्युटरसँग कनेक्ट गरिएको हेडफोन र स्पीकर थुप्रै प्रोफाइल देखाउने गर्छ ।

यो नयाँ फिचर विन्डोज टेनले स्वत रुपमा सही ब्लुटुथ प्रोफाइलमा स्वीच गर्ने गर्छ ।