कीवर्डहरू -

टाइमस्ट्याम्प कमेन्ट फिचरको परीक्षण गर्दै युट्युब

टाइमस्ट्याम्प कमेन्ट फिचरको परीक्षण गर्दै युट्युब

युट्युबले टाइमस्टयाप कमेन्टको फिचर परीक्षण गरिरहेको छ । यो फिचरले भिडियोको कुनै टाइमस्टयापमा के कमेन्ट छ भनेर हेर्न दिन्छ ।

युट्युबले पहिलेनै कुनै टाइमस्टयापलाई भिडियोसँग लिङ्क गर्न दिन्छ तर अब त्यो टाइमस्टयापमा कुनै कमेन्ट छ की छैन भनेर पनि देखाउनेछ । कमेन्टहरु टिक मार्क जस्तो तरिकाले देखाउने गर्छ ।

यो युट्युब लाइभ भिडियोको च्याट सेक्सन जस्तै मेल खाएको फिचर हो । अहिले युट्युबको यो फिचर केही प्रयोगकर्तालाई मात्रै दिइएको छ ।  सोही प्रतिक्रिया अनुसार धेरै मान्छे माझ सार्वजनिक गर्ने कि नगर्ने भन्ने थाहा हु्न्छ ।