कीवर्डहरू -

नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने

नागरिक एपबाट अब सिद्धार्थ बैंकमा खाता खोल्न सकिने

सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई संचालनमा ल्याएको हो ।

सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट संचालनमा ल्याएको बैंकले जनाएको छ ।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको बैंकले बताएको छ ।

ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको जनाएको छ ।