कीवर्डहरू -

प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्डु फ्रेसको होम डेलिभरी सेवा रोकियो 

प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्डु फ्रेसको होम डेलिभरी सेवा रोकियो 

प्रशासनबाट स्पष्ट निर्देशन नआउँदा फुडमाण्ड फ्रेसको सेवा अस्थायी रूपमा बन्द भएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै फुडमाण्डु फ्रेसबाट अत्यावश्यक ग्रोसरीहरुको अर्डर लिन बन्द गरेको जानकारी दिएको हो ।

काठमाडौंमा निषेधाज्ञा लागु भएपछि फुडमाण्डुले फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आइटम र फलफूललगायतका ताजा उत्पादनहरू डेलिभरी गर्दै आइरहेको थियो । तर प्रशासनबाट होम डेलिभरी सेवा सम्बन्धि स्पष्ट निर्देशन नआउँदा डेलिभरी सेवा रोकिएको हो ।

फुडमाण्डुको उक्त सूचनामा भनिएको छ, ‘हामी होम डेलिभरी सेवाका लागि अधिकारीहरुबाट स्पष्ट निर्देशन र गायडलाइनको प्रतिक्षामा छौं ।’

‘स्पष्ट निर्देशन पाउनसाथ र हाम्रा सवारीसाधन सडकमा बिना कुनै अवरोध सञ्चालन हुने अनुमति पाएपछि हामी होम डेलिभरी सेवा पुनः सुरू गर्ने छौं,’ सो सूचनामा उल्लेख गरिएको छ ।