कीवर्डहरू -

फेसबुकले जातीय समानता र न्यायका लागि स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिदिने

फेसबुकले जातीय समानता र न्यायका लागि स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिदिने

फेसबुकले यो महिना देखि न्युजफिडमा ह्यासट्याग स्टप एसियन हेट भन्ने नोटिफिकेसन राखिदिने भएको छ । एसियन अमेरिकन र प्यासिफिक आईल्यााण्डर हेरिटेज महिना भएकाले फेसबुकले यस्तो गर्ने भएको हो ।

अहिले एसियाली र प्यासिफिक आईल्यााण्डरको तर्फ घृणा बढ्दै गईरहेकाले जागरुक्ता बढाउनलाई पनि फेसबुक अघि सरेको हो ।

त्यो नोटिफिकेसनमा क्लिक गरेर आफूलाई मनलागेको रकम कोषका लागि दान गर्न सकिन्छ । फेसबुकले पनि जातीय समानता र न्यायका लागि आफै ५ मिलियन डलर दिएको छ ।

पहिले पनि ब्ल्याक लाइभ्स म्याटरको आन्दोलनको समयमा फेसबुकले ब्ल्याकहरुको व्यवसायमा २०० मिलियन डलर दिएको थियो । फेसबुकले कुनै एउटा जाति प्रति नराम्रो भाषा प्रयोग गर्नबाट पनि मान्छेहरुलाई निरुत्साहित गरिरहेको छ ।

विविधता भोगेका व्यक्तिहरुको मानसिक अवस्थाको बारेमा बताउनलाई प्रोत्साहित गर्न फेसबुक एक प्लेटफर्म बनिरहेको छ । यसमा प्रयोगकर्ताले स्टीकर र अवतार प्रयोग गर्न सक्नेछन् । फेसबुकले एसियाली मान्छेहरुको हितमा सकेसम्म सबै पाईला चालिरहेको छ ।