कीवर्डहरू -

यस्ता छन् नेपाल टेलिकमका सस्ता डाटा प्याक

यस्ता छन् नेपाल टेलिकमका सस्ता डाटा प्याक

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाको समयमा घरमा बस्नुपर्ने भएपछि हामी सबैको साथी इन्टरनेट भएको छ ।

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले पनि आफ्ना ग्राहकलाई विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ । प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने यस्ता छन् टेलिकमका डाटा प्याक ।

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक

२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रूपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ ।

७ दिनका लागि १.५ जीबी प्याक

७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक ९५ रूपैयाँमा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ ।

२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक

२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रूपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ ।

५०० एमबी पर डे डाटा प्याक

२९९ रूपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ ।ग्राहकले *१४१५#  डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटबाट समेत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।