कीवर्डहरू -

आइसिटी पूर्वाधार डिजिटल नेपालका लागि अपरिहार्यः ह्वावे

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा विभिन्न संस्थासँग छलफल

आइसिटी पूर्वाधार डिजिटल नेपालका लागि अपरिहार्यः  ह्वावे

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको असरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ह्वावे, युएनसीडीएफ, क्यान फेडरेशन, एफएनसीसीआई, केयु लगायतका प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको छ । जसले आईसीटीसँग सम्बन्धित क्षेत्रहरुमा भएका प्रयासको बारेमा छलफल गरेको थियो ।

ह्वावे नेपालका सीईओ विलियम झांगले डिजिटल नेपालको लागि कम्पनीको योगदान र योजनाको बारेमा प्रकाश पार्दै छोटो प्रस्तुति दिएा थिए । युएनसीडीएफका क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोरको बारेमा कुरा गरेका थिए ।

क्यान फेडरेशनका नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिएका थिए । एफएनसीसीआईका मंगेश लाल श्रेष्ठले आईसीटी विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल गरेका थिए ।

त्यस्तै केयुका मनीष पोखरेलले महामारीको क्रममा र त्यस पश्चात शिक्षामा आईसीटीको भूमिका बारे बताएका थिए । सूचना प्रविधि विभागका प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारे जानकारी दिएका थिए । जुन हालको १५ औँ आवधिक योजनामा ​​ गेमचेन्जर परियोजनामा ​​समावेश हुँदैछ ।

मन्त्रालयका सचिव हरि बस्यालले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

वेबिनारमा विलियमले डिजिटल नेपालको लागि आईसीटी पूर्वाधारको अपिहार्यताको बारे छलफल गरेका थिए । उनले सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप ह्वावे नेपाल सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र नेपालमा सबै आईसीटी सरोकारवालाहरुसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहितको डिजिटल फाउनडेशनमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको बताएका थिए ।

ह्वावेले नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू पेश गरेको छ ।

  • स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने
  • बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने
  • दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने
  • ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको अनुभव सुधार गर्ने

नेपालमा फाइभजी परीक्षण सुरु गर्ने नीति अबलम्बन गर्ने नेपाल सरकारको दूरदर्शी निर्णय भएको विलियमले बताए ।उनले ह्वावे एक अग्रणी फाइभजी टेक्नोलोजी विक्रेता भएकाले डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्न र नेपालमा महामारी पश्चातको सामाजिक तथा आर्थिक सुधारलाई सहयोग पुर्‍याउन उद्योग साझेदारहरू सँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

कोभिड–१९ महामारीले डिजिटल कनेक्टिभिटि र रूपान्तरणको आवश्यकतालाई गति प्रदान गरेको छ । विलियमका अनुसार ह्वावे नेपालले कोभिड–१९ महामारीको समयमा निरन्तर काम गरिरहेको छ र नेपालको आईसीटी क्षेत्रमा योगदान पुर्‍याइरहेको छ ।

आईसीटी पूर्वाधार र समाधान प्रदायकले नेपालमा प्रमुख टेलिकम अपरेटरहरूको नेटर्वक सहज रूपमा सन्चालन  र लकडाउनको दौरान ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच सम्भव गर्न सहयोग पुर्‍याएको छ ।

यसले महामारीको क्रममा नेपालमा विभिन्न उद्यमहरूको डिजिटल रूपान्तरणलाई ह्वावे क्लाउड, डाटा सेन्टर र अन्य इन्टरप्राइज सोलुसन प्रयोग गरी उनीहरूको डिजिटलीकरण स्तर सुधार गर्न सहयोग गरेको छ ।

राष्ट्रिय आईसीटी हरेक वर्ष मे २ मा मनाइन्छ । २०७४ सालदेखि राष्ट्रिय आइसिटी दिवस मनाउन थालिएको हो । मे पहिलो हप्तालाई राष्ट्रिय आईसीटी हप्ताका रूपमा मनाइन्छ ।