कीवर्डहरू -

दूरसञ्चार सम्बन्धि कुनै गुनासो भए आफ्नो वेभसाइटमा दर्ता गराउन प्राधिकरणको अनुरोध

दूरसञ्चार सम्बन्धि कुनै गुनासो भए आफ्नो वेभसाइटमा दर्ता गराउन प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले कुनै पनि दूरसञ्चार सेवा प्रदायकसँग सम्बन्धित गुनासो भएमा प्राधिकरणको वेभसाइटमा सोझै दर्ता गराउन अनुरोध गरेको छ ।

कम्पनीको वेबसाइटमा गुनासो दर्ता गर्न ‘ गुनासो व्यवस्थापन प्रणाली ’ राखिएकाले त्यसमा गएर आफ्ना गुनासो दर्ता गराउन सकिने उपभोक्तालाई जनकारी गराएका छ ।

सेवा प्रदायकको सेवामा उपभोक्ताका गुनासोहरुलाई आफ्नो टेलिफोन नम्बर र इमेलमार्फत सम्बोधन गर्दै आएको भन्दै आफ्नो गुनासोलाई वेबसाइटमा पनि दर्ता गर्न सकिने भनेको छ ।

यी गुनासो सम्बोधनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कार्यालयको फोन नम्बर, इमेलको अतिरिक्त कम्पनीको वेबसाइटमा सोझै गुनासो दर्ता गर्न प्राधिकरण सम्पुर्ण उपभोक्तालाई अनुरोध गरेको छ ।