कीवर्डहरू -

डोनाल्ड ट्रम्पको नयाँ वेबसाइट सार्वजनिक

डोनाल्ड ट्रम्पको नयाँ वेबसाइट सार्वजनिक

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ वेबसाइट सञ्चालनमा ल्याएका छन् । फेसबुक ट्विटर लगायत समाजिक सञ्जालले प्रतिबन्द लगाएपछि ट्रम्पले आफ्नै वेबसाइट सञ्चालनमा ल्याएका हुन् ।

डोनाल्ड ट्रम्पले डोनाल्डजेट्रम्प डटकम वेबसाइट सञ्चालनमा ल्याएका हुन् । यसलाई अन्तर्राष्ट्रिय माध्यमले कम्युनेकशन प्लेटफर्म भनेका छन् ।

ट्रम्पका बरिष्ठ सल्लाहकार जेसोन मिलरले एक ट्विट मार्फत् यो नयाँ वेबसाइट सामाजिक सञ्जाल नभएको जानकारी दिएका छन् । ट्रम्पको वेबसाइटमा उनको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्य उपलब्ध हुने स्रोत भएको उनले बताए ।

यो पनि पढ्नुहोस्ः डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोल्ने