कीवर्डहरू -

सय डाक्टर आवद्ध भएको अनलाईन प्लेटफर्म ‘डाक्टर लाइभ २४’, घरबाटै लिनुस् स्वास्थ्य सेवा 

अब मोबाइल एप र वेबसाइटबाट स्वास्थ्य सेवा

सय डाक्टर आवद्ध भएको अनलाईन प्लेटफर्म ‘डाक्टर लाइभ २४’, घरबाटै लिनुस् स्वास्थ्य सेवा 

कोरोना संक्रमणले जनजीवन आक्रान्त छ । सुनसान सडकमा एम्बुलेन्सको मात्र करकर आवाज सुनिन्छ ।अस्पतालको वेड भरिएका छन् । नयाँ विरामीलाई बेड पाउनै गाह्रो छ ।

कोरोना संक्रमण भएर ठूलो लक्षण छैन भने होम आइसोलेसनमा बस्दा पनि हुने डाक्टरको सल्लाह छ तर त्यसरी बस्दा डाक्टरको निगरानी आवश्यक पर्छ ।

विशेष सावधानी पूर्वक घर मै आइसोलेसन कसरी बस्ने ? कोरोना संक्रमण मात्र होइन स्वास्थ्य सम्बन्धी अन्य सेवा पनि घरबाट कसरी लिने ?

यही समस्यालाई समाधान गर्न भनेर डाक्टरहरु विभिन्न माध्यमबाट लागिपरेका छन् । त्यसमध्येको एउटा हो ‘लाइभ डाक्टर ट्वान्टिफोर ।’ यो एक अनलाइन प्लेटफर्म हो ।  जहाँ सयभन्दा धेरै डाक्टरहरु रहेका छन् ।

केही समयअघि सार्वजनिक भएको ‘डाक्टर लाइभ २४’ बाट रियल टाइममा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।

डाक्टर लाइभ २४ को सेवा यसको वेबसाइट र मोबाइल एपबाट लिन सकिन्छ । यसको वेबसाइटमा कसरी सेवा लिन सकिन्छ भनेर उल्लेख गरेको छ ।

उक्त प्रक्रिया पुरा गरेपछि एप र वेबसाइटबाट सेवा लिन सकिने कम्पनीले जनाएको छ । मोबाइल एप गूगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ । एन्ड्रोइड फोनका लागि मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

\"\"

भिडियो वा अडियो दुवै माध्यबाट डाक्टरसँग परामर्स गर्न सकिने डाक्टर लाइभ २४ की ग्रुप क्लस्टर म्यानेजर निशा गुरूङले बताइन् ।

‘अनलाइन परामर्श लिइसकेपछि डाक्टरले डिजिटल प्रिस्क्रिप्सन दिनुहुन्छ’ गुरूङले आइसिटी समाचारसँग भनिन्, ‘त्यो प्रिस्क्रिप्सन औषधि वा ल्याब परीक्षणका लागि हुन सक्छ । त्यसपछि विरामीले औषधि र ल्याब परीक्षण सेवा घरमै बसेर पाउन सक्छन् ।’

डाक्टर लाइभ २४ ले विरामीलाई आवश्यक पर्ने औषधि घरसम्मै पुर्‍याउने व्यवस्था गरेको छ । यसबाट बेबी प्रडक्ट, स्क्रीन केयर, वेलनेस प्रडक्ट, ओरल केयर, स्यानिटाइजेसन प्रडक्ट, न्युट्रिस्नल सप्लिमेन्ट लगायतका प्रडक्ट खरिद गर्न पनि सकिन्छ ।

करिब २ वर्षको अध्ययनपछि बजारमा डाक्टर लाइभ २४ सार्वजनिक गरेको गुरूङले बताइन् । उनका अनुसार डाक्टर लाइभ २४ मा घरमै स्वास्थ्य सेवा, विशेषज्ञ डाक्टरसँग अपोइन्टमेन्ट, हस्पिटल अपोइन्टमेन्ट, एमबुलेन्स सेवा, ब्लड बैंक लगायतका सेवा चाँडै उपलब्ध हुनेछन् ।

१ सयभन्दा बढी डाक्टरहरु यस प्लेटफर्ममा आवद्ध भइसकेका छन् भने अरू डाक्टरहरु आवद्ध हुने प्रक्रियामा छन् । कम्पनीले ल्याब परीक्षणका लागि डाक्टर प्याब ल्याबसँग सहकार्य गरेको छ ।

कम्पनीले हाल काठमाडौं उपत्यकामा ५०० रुपैयाभन्दा मुनिको प्रडक्ट खरिदमा ७९ रूपैयाँ डेलिभरी शुल्क तोकेको छ भने त्यसभन्दा माथिको खरिदमा डेलिभरी शुल्क लाग्दैन् ।

त्यस्तै ल्याबको लागि १०० रूपैयाँ शुल्क तोकिएको छ । उपत्यका बाहिर सेवा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीले अनलाइनबाटै शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र नबिल बैंकसँग सहकार्य गरेको छ ।