कीवर्डहरू -

एनसेलको स्टुडेन्ट प्लान, अनलाइन कक्षाको लागि सस्तो प्याक

एनसेलको स्टुडेन्ट प्लान, अनलाइन कक्षाको लागि सस्तो प्याक

कोभिड महामारीको अवस्थाले गर्दा देशभर घरबाटै अध्ययन अध्यापन गराउने क्रम जारी रहेको छ ।

धेरैजसो सबै विद्यार्थीले अनलाइनबाटै कक्षाहरु लिइरहेका छन् । विद्यार्थी, विद्यालय, कलेज र विश्वविद्यालयलाई अनलाइन कक्षा सहज बनाउनका लागि भनेर एनसेलले ‘स्टुडेन्ट प्लान’ ल्याएको छ ।

यसले अनलाइन कक्षा, थप इन्टरनेट सर्फिङ, भ्वाइस र क्लोजड यूजर ग्रुप (सियुजी) सेवा प्रदान गर्न मासिक २० एमबि डेटा प्रदान गरिरहेको एनसेलले जनाएको छ ।

एनसेलको स्टुडेन्ट प्याक कसरी खरिद गर्ने ?

एनसेलको स्टुडेन्ट प्याक खरिद गर्न तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।
एनसेल प्रयोगकर्ता भएमा ः

१. स्टार १७१४९ ह्यास थिच्ने र त्यहाँ बताइएको प्रक्रिया प्रयोग गर्ने

२. क्लोजड यूजर ग्रुप (सियुजी) सेवा पाउनका लागि आफ्नो विद्यालयको तर्फबाट सिफारिस गराउनुपर्ने हुन्छ ।

सिफारिसमा रहेको लेटर हेडमा विद्यार्थी र शिक्षकको विवरण दिएको हुनुपर्छ । यति गरेपछि आफ्नो निवेदन [email protected] मा ईमेल गर्नुपर्छ ।

विद्यालय स्वामित्व अन्तर्गत

विद्यालय स्वामित्व अन्तर्गत स्टुडेन्ट प्याक पाउनका लागि प्यानको कपीसँगै राम्ररी भरेर साइन र स्टयाम्प गरिएको कर्पाेरेट सबस्क्रिप्सन फर्म सहित कम्पनी रेजिस्टर सर्टिफिकेट र प्रयोगकर्ताको आधिकारिक आईडी चाहिन्छ ।

यो प्रक्रियाका लागि तपाईले नजिकैको एनसेल सेन्टर जानुपर्छ वा ९००५ मा कल गर्नुपर्ने हुन्छ ।


आफ्नै स्वामित्वमा विद्यालयले सिफारिस गरेर

यो प्रक्रियाका लागि राम्ररी भरेर साइन र स्टयाम्प गरिएको इन्डिभिजुवल सबस्क्रिप्सन फर्म चाहिन्छ । त्योसँगै पासपोर्ट साइज फोटो र नागरिकता, पासपोर्ट वा लाइसेन्सको प्रतिलिपी चाहिन्छ ।

साथै, सियुजी सेवा पाउन विद्यालयको तर्फबाट विद्यार्थी र शिक्षकको विवरण दिइएको सिफारिस वा निवेदन पनि दिनुपर्ने हुन्छ ।

क्लोजड यूजर ग्रुप (सियुजी) सेवामा को को समावेश हुन्छन् ?

संस्थागत प्रशासन कार्यालयबाट सिम सिफारिस गरिएको भएमा प्लानमा सब्सक्राइब गरेको सबै विद्यार्थीले सियुजी सेवाको प्रयोग गर्न पाउनेछन् ।

सियुजीको केके फाइदा रहेका छन् ?

सियुजी ग्रुपममा जोडिएको नम्बर मार्फत २ घण्टासम्म हरेक दिन निःशुल्क कल गर्न सकिन्छ ।

समावेश गरिएको रिसोर्स सकिएमा के हुन्छ त ?

समावेश गरिएको रिसोर्स सकिएमा भ्वाइस प्याक र एसएमएसका लागि पेइजी दर सुरु हुन्छ । भ्वाइसका लागि स्टार १७११८ ह्यास थिच्नुपर्छ र एसएमएसका लागि स्टार १७११८ ह्यास थिच्नुपर्छ ।

डेटा प्रयोग गर्दा भने पेइजी दरमा चार्ज गरिदैन् । कम मूल्यमा डेटा प्याक प्रयोग गर्नका लागि स्टार १७१२३ ह्यास थिच्नुपर्छ ।

हरेक दिनको सियुजीको घण्टा सकिएमा के गर्ने ?

सियुजीमा प्रति मिनेट ०.३९ को दरले कुराकानी गर्न सकिन्छ ।

प्लान मन नपरेमा प्रिपेड प्रयोगकर्ताले प्लान परिवर्तन गर्न सक्छन् ?

प्रिपेड प्रयोगकर्ताले स्टार १७१४९ ह्यास थिचेर प्लान परिवर्तन गरेर सजिलोमा स्वीच हुन् सक्छन् । पुनः सब्सक्राइब गर्नुपरेमा फेरि स्टार १७१४९ ह्यास थिचेर प्लान किन्न सकिन्छ ।

पोस्टपेड प्रयोगकर्ताले यो प्लान किन्न मिल्छ ?

पोस्टपेड प्रयोगकर्ताले नजिकैको एनसेल सेन्टर गएर प्लानलाई एक्टिभेट गर्न सक्छन् ।

पोस्टपेड प्रयोगकर्ताले प्लानलाई एक्टिभेट गरेर पछि क्यानसल गर्नुपरेमा कसरी डिएक्टिभेट गर्ने ?

पोस्टपेड प्रयोगकर्ताले नजिकैको एनसेल सेन्टर गएर प्लानलाई डिएक्टिभेट गर्न सक्छन् ।

यो प्लान कति दिनका लागि हो ?

स्टुडेन्ट प्लान ३० दिनका लागि काम गर्ने गर्छ ।

प्लान एक्सपायर भएपछि के हुन्छ ?

पुनः प्लान जारी राख्न ३० दिनको मासिक शुल्क तिर्नुपर्ने हुन्छ । त्यही पनि पेजी भ्वाइस, एसएमएस र डेटा प्याक भने किनिरहन सक्नुहुनेछ ।