कीवर्डहरू -

एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने

एप्पल  वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने

एप्पल वाचमा ब्लड सुगर जाँच्ने फिचर आउन सक्ने भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार बेलायतको स्वास्थय प्रविधि फर्म रक्ली फोटोनिक्सले एप्पलसँग सम्झौता गरेर भविष्यमा काम गर्ने बताएको छ ।

रक्लीले ब्लड ग्लुकोज, प्रेसर र शरीरमा रक्सीको मात्रा पनि मापन गर्ने सेन्सर बनाउने कम्पनी हो ।

एप्पलले अहिले सम्म मधुमेहको रोगको क्षेत्रमा तेस्रो पार्टी एपहरु राखेर मात्रै सहयोग जनाएको छ । एप्पल वाचमा यो सपोर्ट आएमा धेरै प्रयोगकर्ताहरुले सहयोग पाउनेछन् ।

यसले गर्दा मान्छेले सुईको प्रयोग नगरेरै मधुमेहको जाँच गर्न सक्नेछन् । त्यस्तै ब्लड प्रेसर जाँचले पनि चिन्ता या कुनै रोग लाग्न लागेको भनेर जानकारी दिने गर्छ । तर एप्पलले यो फिचर दिनुअघि ब्याट्री लाइफ र मूल्यमा ध्यान दिनुपर्छ ।