कीवर्डहरू -

इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध

इन्स्टाग्रामले ल्यायो स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर, रिल्समा पनि उपलब्ध

इन्स्टाग्रामले स्टोरिमा अटो क्यापसन स्टीकरको फिचर ल्याएको छ । यो फिचर रिल्समा पनि आउने भएको छ ।

यो फिचरले अङग्रेजी भाषा बोल्नेहरुका लागि एउटा स्टीकरको फिचर दिने छ जसको मद्दतले प्रयोगकर्ताहरुले भिडियोमा क्याप्सन राख्न सक्नेछन् ।

रिल्स प्रयोगकर्ताहरुले साउण्ड अन नगरी हेर्ने प्रयोगकर्ताहरु र सुन्नमा समस्या भएकाहरुका लागि यो क्याप्सन फिचरले सहज पार्नेछ ।

क्याप्सन राखेपछि आफू खुशी त्यसको फन्ट स्टाइल, रङ्गहरु परिवर्तन गर्न सकिन्छ । त्यस्तै शुद्धाशुद्धी पनि एडीट गरेर मिलाउन मिल्छ ।

यो फिचर हालैमा टिकटकले राखेको थियो र इन्स्टाग्रामकै सेवा आईजी टिभीमा केही समय देखि उपलब्ध रहेको छ ।  प्रयोगकर्ताहरुले पनि यो फिचरलाई राम्रो मानेका छन् ।