कीवर्डहरू -

गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक

गूगलको पिक्सेल बड ए सिरिजको जानकारी लिक

गूगलले आफ्नो पिक्सेल बड ए सिरिजको बारेमा आफै लिक गरेको छ । आधिकारिक एन्ड्रोइड ट्वीटर अकाउन्टले नयाँ अडियो हार्डवेयर पिक्सेल बड ए सिरिजको बारेमा ट्वीट गरेर पछि डिलिट गरेको थियो ।

त्यो पोस्टले खासै केही बताएको थिएन् । यसमा एकदमै राम्रो ब्लुटुथ प्येरिङ अनुभव रहेको पोस्टले जनाएको थियो । पिक्सेल बड सेतो र हरियो रङ्गमा आउनेछ ।

नाइन टू फाइभ गूगलको अनुसार नाममा रहेको ए ले पहिले आएको मोडेल भन्दा यो मोडेल सस्तो हुनेछ । पहिलेको मोडेल १७९ डलरमा सार्वजनिक गरिएको थियो । पिक्सेल बड ए सिरिजको टच कन्ट्रोल पनि पहिले जस्तै नै हुनेछ ।

एजेन्सीको सहयोगमा