कीवर्डहरू -

कोभिड लागेका परिवारलाई होम डेलिभरी रोक्दैनौं– ईबिजनेस एसोसियसन अध्यक्ष सागरदेव भट्ट

प्रहरीले घाममा राखे पनि मानवीय सेवा रोक्दैनौं

कोभिड लागेका परिवारलाई होम डेलिभरी रोक्दैनौं– ईबिजनेस एसोसियसन अध्यक्ष सागरदेव भट्ट

कोरोना संक्रमण रोक्नभन्दै उपत्यकाका तीन जिल्ला प्रशासनले बुधबारदेखि थप कडाई गरेका छन् ।

थप कडाइले गर्दा ई–कर्मस प्लेटफर्म र होम डेलिभरी सेवा पनि रोकिने भएका छन् । यसले गर्दा होम डेलिभर सेवामा निर्भर भएका र नियमित रुपमा अनलाइन सपिङमा भर परेका कतिपय ग्राहकलाई गाह्रो हुने देखिन्छ ।

प्रशासनले होम डेलिभरी सेवालाई रोक्ने भने पनि अत्यावश्यक भएका परिवारलाई यो सेवा नरोक्ने सम्बन्धित व्यवसायीले बताएका छन् ।

कोरोना लागेका परिवार, पाका उमेरका वा बाहिर निस्किन नसक्ने परिवारलाई मानवताको नाताले सेवा नरोक्ने ई–बिजनेस एसोसियसन नेपाल (ईबीएएन)का अध्यक्ष सागरदेव भट्टले बताए ।

उनी मेरो किरानाका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् ।

‘एक ठाउँबाट अर्को ठाउँमा जाँदा जोखिम हुने भन्दै प्रशासनले होम डेलिभरी गर्न पाइदैन भनेको छ,’ आइसिटी समाचारसँग कुरा गर्दै, ‘भट्टले भने, ‘तर हामीले आपतकालीन सेवालाई भने रोकेका छैनौं ।’

अहिले परिवारका सम्पुर्ण सदस्यलाई कोभिड लागेको छ । कतिपयमा परिवारका सदस्यलाई कोभिड लागेपछी अरु पनि सुरक्षित रुपमा बसेका छन् ।

उनीहरु आफ्नो र छिमेको सुरक्षाको लागि बाहिर निस्किन सकेका छैनन् । उनीहरुको लागि होम डेलिभरी सेवा नभइनहुने उनी बताउँछन् ।

‘हामी सबै कोभिड लागेका छौं । हामीलाई जसरी पनि सामान ल्याइलिनुपर्यो भन्ने परिवार धेरै हुनुहुन्छ,’ भट्टले भने, ‘उहाँहरुको लागि होम डेलिभरी गर्नु अहिलेको आवश्यकता हो ।’

त्यस्तै, अन्य त्यस्ता धेरै परिवार छन् उनीहरु घरबाट सामान्य अवस्थामा बाहिर निस्किदैनन् । पाका उमेर भएका परिवार, अशक्त भएका परिवारमा होम डेलिभरी अति आवश्यक छ ।

पैसा त बरु पछि कमाउँला अहिले त अत्यावश्यक भएका ग्राहकलाई सेवा दिनुपर्छ ।

त्यस्ता परिवारको लागि होम डेलिभरी दिने कि नदिने भन्ने विषयमा प्रशासनले केही नभने पनि यो सामाजिक दाहित्व भएको उनको भनाइ छ ।

‘पहिलेदेखि अर्डर गर्ने ग्राहकले फोन गरेर पुरै परिवार कोरोना लागेको छ,जसरी भए पनि ल्याइदिनुस् भन्नुहुन्छ,’ भट्टले भने, ‘नियमित ग्राहकले त्यस्तो भनेपछि प्रहरीले समातोसमातोस, घाममा राखेराखोस् हामीले सेवा दिइरहेका छौं ।’

त्यसरी जसरी पनि सामान ल्याइदिनु पर्यो भन्ने परिवार धेरै भएको उनले बताए । ति परिवार पहिलेदेखि अनलाइन सपिङ मै निर्भर छन् । त्यस्ता परिवारलाई सेवा दिनु पर्छ ।

जागिरभन्दा पनि यो बेला जनजीवन सहज बनाउने भन्ने उद्देश्य रहेको उनी बताउँछन् ।

‘कारोनाको यो संकटमा हामीले कसरी योगदान दिन सक्छौं भन्ने हाम्रो सोँच छ,’ भट्टले भने, ‘पैसा त बरु पछि कमाउँला अहिले त अत्यावश्यक भएका ग्राहकलाई सेवा दिनुपर्छ ।’

औपचारिक रुपमा दर्ता नभए पनि उनको संस्थामा ४० कम्पनीहरु आवद्ध छन् । दराज, सस्तोडिल, फुडमाण्डु, भोज, पठाओ, खल्ती, युजी केकसहित अधिकांस कम्पनी यसमा आवद्ध छन् ।

ति कम्पनीमा हजारौं डेलिभरी गर्ने व्यक्तिहरु छन् । काठमाडौं उपत्यकाभित्र मात्र ३ हजारभन्द धेरै डिलिभरी गर्ने स्टाफ मात्रै छन् । ई–कमर्सको डेलिभरी बन्द गराउँदा ५ हजारभन्दा धेरैलाई सिधै असर गर्ने उनी बताउँछन् ।

यो समय भनेको डेलिभरी एजेन्सीहरुले रोजगारी पाउने समय भएको उनको भनाइ छ ।

अन्य देशहरुमा कोरोनाले सबै बन्द हुदा डेलिभरी एजेन्सीमा धेरैले जागिर पाइरहेका छन । होम डेलिभरी सेवा वृद्धि भइरहेको छ भइरहेको छ तर नेपालमा भने ठिक उल्टो छ ।

अन्य देशमा यसलाई उच्च प्राथमिकता राखेको उनी बताउँछन् ।