कीवर्डहरू -

एफवान सफ्टमा १४ जनालाई रोजगारीको अवसर

एफवान सफ्टमा १४ जनालाई रोजगारीको अवसर

नेपालको लिडिङ आइटी कम्पनी एफवान सफ्टमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सफ्टवेयर इन्जिनियर (जाभा) २ जना, एशोसिएट सफ्टवेयर इन्जिनयर (जाभा) ४ जना, क्वालिटी एसुरेन्स (क्युए) इन्जिनियर (सिनियर, मिड लेभल, एशोसिएट, ट्रेनी) ६ जना मागेको छ ।

त्यस्तै एफवान सफ्टले युआई/युएक्स डिजाइनर १ जना र डेटाबेस एडमिनिष्ट्रेसन १ जना माग गरेको छ । इच्छुक व्यक्तिले [email protected] मा आफ्नो सिभि पठाउन सक्ने छन् ।

नेपालको अग्रणी आइटी कम्पनी एफवान सफ्टले इसेवा, फोनपे सहित १३ वटा सहायक कम्पनी सञ्चालन गरिरहेको छ ।