कीवर्डहरू -

कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध

कर तिर्ने समय थप्न क्यान महासंघको सरकारलाई अनुरोध


निषेधाज्ञाको कारणले सरकारले तोकेको मितिभित्र कर तिर्न नसक्ने अवस्था सृजना भएकाले भुक्तानी समय थप गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सरकारलाई अनुरोध गरेको छ ।

कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको हुदा मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, आय करको अग्रिम कर कट्टीलगायतका करहरुको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न महासंघले सरकारलाई आग्रह गरेको हो ।

कपितय स्थानमा कर्मचारी आफै संक्रमित भएको तथा स्वास्थ्य संवेदशीलताका कारण कर्मचारीहरु कार्यालयसम्म आउन जान सक्ने अवस्था नभएका कारण तोकिएको समयमा कर विवरणहरु बुझाउन र कर भुक्तानी गर्न सकिने अवस्था नहुदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेका भन्दै यसमा सहुलियतपूर्ण व्यवस्था गरिदिन क्यान महासंघ न्ेपाल सरकारलाई अनुरोध गरेको छ ।

साथै, सूचना तथा सञ्चार प्रविधिलाई अत्यावश्यक सेवा अन्र्तगत राख्न र आगमी नीति तथा कार्यक्रम र बजेटमा विशेष ध्यान दिन सरकारलाई अनुरोध गरेको छ ।