कीवर्डहरू -

पासवर्डलाई कसरी सुरक्षित र बलियो बनाउने ? सिनिकल टेक्नोलोजीका सीईओ नरेश लाम्गादेका टिप्स

पासवर्डलाई कसरी म्यानेज गर्ने ?

पासवर्डलाई कसरी सुरक्षित र बलियो बनाउने ? सिनिकल टेक्नोलोजीका सीईओ नरेश लाम्गादेका टिप्स

आज विश्व पासवर्ड दिवस ।

सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म प्रयोग गर्न होस् वा डिजिटल कारोबार गर्न पासवर्ड आवश्यक हुन्छ । धेरै ठाउँ पासवर्ड प्रयोग गर्दा बिर्सने डरले हामी धेरैको बानी हुन्छ, सबै ठाउँ एउटै पासवर्ड प्रयोग गर्ने ।

अझ धेरैले सम्झिन सहज हुन्छ भनेर सजिलो पासवर्ड राखिरहेका हुन्छन् । तर हाम्रो यस्तो बानीले कुनै दिन हामीलाई समस्यामा पार्न सक्छ ।

सबै ठाउँ एउटै र सजिलो पासवर्ड प्रयोग गर्दा ह्याकरले हाम्रो पासवर्ड थाहा पाउने सम्भावना धेरै हुन्छ । जसका कारण डेटा लिकदेखि रकम चोरीका घटना घटिरहेका हुन्छन् ।

सानो असावधानीले हाम्रो गोपनियता भंग हुन सक्छ । धेरै नोक्सानी व्यहोर्नु पर्ने हुन सक्छ । यो समस्यालाई केही हदसम्म न्यूनिकरण गर्न बलियो, युनिक र सुरक्षित पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा तपाईको अकाउन्ट सुरक्षित हुन सक्छ ।

त्यसैले हामी जसरी घरमा कुनै पनि चोरी नहोस् भनेर बलियो ताल्चा प्रयोग गर्छौं, त्यसरी नै अकाउन्ट सुरक्षित बनाउँन पासवर्ड पनि बलियो राख्नुपर्ने हुन्छ । त्यसमा पनि आफूले प्रयोग गर्ने पासवर्ड आफूलाई मात्रै थाहा हुनुपर्छ ।

पासवर्ड ह्याकरसँग यस्ता धेरै टुल्स हुन्छन जसले गर्दा उनीहरुले सजिलै पासवर्ड क्र्याक गर्न सक्छन । यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ ।

हुन त ह्याकरहरुले पनि अनेकथरि उपाय निकाल्लान तर केहि गाह्रो र सुरक्षित भयो भने उनिहरुलाई पनि ह्याक गर्न केहि समय भने अवश्य लाग्छ ।

विश्व पासवर्ड दिवसको अवसरमा आज हामीले प्रयोग गर्ने पासवर्ड कसरी म्यानेज गर्ने, कसरी बलियो र सुरक्षित बनाउने प्रश्न विगत ३ वर्षदेखि नेपालमा साइबर सेक्युरिटी कम्पनी सञ्चालन गरिरहेका सिनिकल टेक्नोलोजी संस्थापक तथा सीईओ नरेश लाम्गादेसँग सोधेका छौं ।

पासवर्ड म्यानेज कसरी गर्ने ?

पासवर्ड म्यानेज गर्न पासर्वड म्यानेजर र गूगल क्रोम लगायतका ब्राउजर प्रयोग गर्न सकिने सिनिकल टेक्नोलोजी संस्थापक नरेश लाम्गादे बताउँछन् ।

बजारमा थुप्रै पासवर्ड म्यानेजर उपलब्ध भएपनि लास्टपास, वान पासवर्ड जस्ता भरपर्दा पासवर्ड म्यानेजर प्रयोग गर्न सकिने उनको भनाइ छ ।

लास्टपास र वान पासवर्डको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर समेत पासवर्ड स्टोर गर्न सकिन्छ ।

पासवर्डलाई कसरी सुरक्षित बनाउने ? यस्ता छन् नरेश लाम्गादेका सुझाव

  • ठुलो अक्षर, सानो अक्षर र विशेष क्यारेक्टरहरु प्रयोग गरेर पासवर्ड बनाउने । नेपाल १२३ राख्नु भएन । फोन नम्बर राख्नु भएन । अरूको नाम राख्नु भएन ।
  • पासवर्ड शेयर नगर्ने । पासवर्ड गूगल तिर नहाल्ने ।
  • पहिला प्रयोग गरिसकेको पासवर्ड पुनः प्रयोग नगर्ने ।
  • फिंगरप्रिन्टको प्रयोग गर्ने ।
  • एउटै पासवर्ड सबैठाउँ प्रयोग नगर्ने ।
  • पासवर्ड बाहेक टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने