कीवर्डहरू -

पासवर्ड धेरै भए, कसरी सम्झने ? त्यसो हो भने प्रयोग गर्नुस् पासवर्ड म्यानेजर 

पासवर्ड धेरै भए, कसरी सम्झने ? त्यसो हो भने प्रयोग गर्नुस् पासवर्ड म्यानेजर 


आज विश्व पासवर्ड दिवस हो । इन्टेलले हरेक वर्ष मेई ६ को दिनमा पासवर्ड दिवस मनाउने चलन सुरु गरिदिएको छ । 

यो भनेको डेटा सुरक्षा र अरु साइबर क्राइमबाट बच्नका लागि बलियो खालको अथेन्टिकेसन प्रयोग गर्नका लागि प्रोत्साहित गरिएको हो । 

यसले प्रयोगकर्ताहरुले बलियो खालको पासवर्ड प्रयोग गर्नुपर्छ भनेर सिकाउँछ । अनलाइनबाट पनि ह्याकर प्रुफ पासवर्डहरु उत्पन्न गर्न सकिन्छ । 
पासवर्ड बनाउँदा अंग्रजी अक्षरका ठूला र साना अक्षर, नम्बर, २३ जस्ता विशेष अक्षर समावेश गर्न आग्रह गरिएको छ । त्यस्तै युजरनेम र पासवर्ड एउटै नराख्ने, शब्दकोषमा प्रयोग भएका शब्द नराख्ने, सजिलै अनुमान गर्न सकिने आफन्तको नाम, फोन नम्बर, ठेगाना र जन्म मिति राख्नु हुँदैन् ।

त्यसैगरी डेटालाई सुरक्षित राख्न एउटै पासवर्डलाई धेरै अकाउन्टमा प्रयोग नगर्ने, पासवर्डलाई कम्तिमा ३–३ महिनामा परिवर्तन गर्ने, पहिले प्रयोग भएको पासवर्डलाई पुनः प्रयोग नगर्ने र कुनै पनि सिस्टममा भएको डिफल्ट पासवर्डलाई तुरून्तै परिवर्तन गर्न अनुरोध गरिएको छ । 
पासवर्ड अरू कसैलाई नदिई गोप्य राख्न र मल्टिफ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्नु पर्ने हुन्छ । 

सजिलो खालको पासवर्ड राखेमा ह्याकरहरुले सजिलै अनुमान लगाएर ह्याक गर्न सक्छन् ।
सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको थियो । यस्तो हुँदा धेरै प्रयोगकर्ताहरुको डेटा जोखिममा हुन्छ । 

गत वर्ष नर्डपासले गरेको सर्वेक्षणमा शीर्ष तीनमा १२३४५६, १२३४५६७८९ र पिक्चर१ जस्ता पासवर्ड रहेका थिए । त्यसपछि चौथो स्थानमा मात्रै ‘पासवर्ड’ लेखिएको छ । त्यसैगरी नै सूचीमा क्वेरटी, एबीसी १२३ र मिलियन २ रहेका छन् । 

प्रयोगकर्ताहरुले आईलभयू, ओएमजीपप, आस्ले, च्याटबुक्स, प्रिन्सेस, सनसाइन, ड्रागन र पोकेमन जस्ता पासवर्डहरु सकेसम्म प्रयोग गर्नुहुदैन् ।  नर्डपासले मूल्याकंन गरेको २७ करोड ५,६ लाख ९९ हजार ५ सय १६ डेटाबेस मध्य १२ करोड २८ लाख ९४ हजा ७ सय ८८ ओटा पासवर्डहरु मात्रै युनिक रहेका थिए ।

अरु भने धेरै जसो दोहोरिएको नै थियो । यसै कारण पासवर्ड परिवर्तन गरेर गाह्रो पासवर्ड राख्नु नै राम्रो उपाय हुन्छ । नेपालमा पनि नेपाल दूरसञ्चार प्राधिकरणले कम्तिमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ ।

विश्व पासवर्ड दिवस कसरी मनाउने त ? 

१. ह्यासट्याग लेयर अप संकल्प लिनुहोस 
हामीले एटिएमबाट पैसा निकाल्दा कार्ड र पिन नम्बरको प्रयोग गर्ने गर्छाैँ । सोही तरिकाले हामीले हाम्रो अनलाइन अकाउन्टहरुलाई सुरक्षित बनाउनुपर्छ । यसको लागि टू लेभले अथेन्टिकेसन प्रयोग गर्नु पर्ने हुन्छ । यस्तो नगरेमा तपाईको डेटा जोखिममा पर्न सक्छ । 

२. पासवर्ड पार्टी मनाउनुहोस् 
साथीहरुसँग मिलेर पनि तपाईहरुले बलियो खालको पासवर्डहरु छलफल गर्न सक्नुहुन्छ । सबै जनासँगै मिलेर पासवर्ड म्यानेजरको बारेमा पत्ता लगाउन सक्नुहुन्छ र मल्टिफ्याक्टर अथेन्टिकेसनको फाइदाहरु थाहा पाउन सकिन्छ । 

३. आफ्नो साथीहरुलाई पनि चेतना गराउनुहोस् ः

आफूले बलियो पासवर्डको महत्व थाहा पाएपछि आफूले चिनेजानेकालाई पनि यसको बारेमा जानकारी गराउनुहोस् । ह्याकिङको खतराको बारेमा तपाईले जानकारी गराउनुभयो भने अरु मान्छे पनि यो गम्भीर मुद्दामा सचेत हुन सक्छन् । 

विश्व पासवर्ड दिवस किन महत्वपूर्ण छ त ?

१. पहिले भन्दा यो धेरै महत्वपूर्ण भईसकेको छ ः 

हाम्रो धेरै जसो जानकारी अहिले इन्टरनेटमानै रहेको छ । अनलाइन बैङिक, बिल पेमेन्ट साइट, सपिङ साइट जस्ता सबै महत्वपूर्ण कार्यहरु हामी अनलाइनकै मार्फत गर्ने गर्दछौँ । त्यही कारणले पासवर्ड ठोस र विविध हुनुपर्छ । 

२. सजिलै सिक्न सकिन्छ ः 

पासवर्ड म्यानेजरको र मल्टि फ्याक्टर अथेन्टिकेसनको बारेमा तपाई सबैले पक्कै पनि सुन्नु भएको होला । छैन् भने चाँडो भन्दा चाँडो यसको बारेमा जानकारी लिनुहोस किनभने यो एकदमै महत्वपूर्ण हुन्छ । पासवर्ड म्यानेजरको मद्दतले तपाईले सबै साइट र एपको पासवर्ड सम्झिरहनु पनि पर्दैन् ।

३. पासवर्ड व्यवस्थित गर्नलाई थुप्रै उपायहरु रहेका छन् :

नोटबुकमा पासवर्ड लेखेर राख्ने दिनहरु अब पुराना भईसके । बजारमा थुप्रै सस्तो र निःशुल्क पासवर्ड म्यानेजरहरु रहेका छन् जसले एकदमै भरपर्दाे काम गर्ने गर्दछ । यसले गर्दा राम्रो पासवर्ड म्यानेजर छानेर आजै देखि प्रयोग गर्न थाल्नुहोस् । 

पासवर्ड क्र्याकरहरु सँग यस्ता धेरै टुल्स हुन्छन । यसकारण उनीहरुले सजिलै सँग पासवर्ड क्रयाक गर्न सक्छन । यसकारण पासवर्ड छनौट गर्दा हामीले जहिले पनि अरुले अनुमान गर्न नसक्ने तथा सुरक्षित पासवर्ड राख्न जरुरी हुन्छ । 

यदि तपाईलाई पासवर्ड याद गर्न गाह्रो  हुन्छ भने लेखेर राख्नुस वा पासवर्ड सेभ गर्ने एप प्रयोग गर्नुहोस । गूगलमा पनि तपाईले पासवर्ड राख्न सक्नुहुनेछ ।  अन्य धेरै एपमा तपाईले आफ्नो पासवर्ड सेभ गरेर राख्न सक्नुहुनेछ ।

 तपाइलाई पासवर्ड सुरक्षित छैन भन्ने लाग्छ भने आफ्नो पासवर्ड कम्तिमा पनि ६ महिनामा परिवर्तन गर्नुहोस । यसरी पासवर्डलाई नियमित परिवर्तन गर्दा पासवर्ड सुरक्षित रहन्छ ।