कीवर्डहरू -

डेलको ड्राइभरमा समस्या, लाखौँ कम्प्युटरमा असर पर्न सक्ने

डेलको ड्राइभरमा समस्या, लाखौँ  कम्प्युटरमा असर पर्न सक्ने

डेलको ड्राइभरमा समस्या आएको छ । ड्राइभरमा समस्या आएपछि डेलका लाखौँ कम्प्युटरहरुमा यसले असर पार्न सक्ने देखिएको छ ।

सेन्टिनेल ल्याबको अनुसार डेलले फर्मवेयेर अपडेट सन् २००९ देखि ल्याईरहेको छ । यसमा पाँच ओटा एकदमै ठूलो समस्याहरु रहेका छन् ।

यो समस्यालाई सिभिई–२०२१–२१५५१ भनिन्छ । डेलले यही समस्यालाई मध्यननजर गर्दै डेलले सेक्युरिटी प्याच ल्याएको छ ।

ड्राइभरको समस्याले केही ३८० मोडेलहरुलाई असर पारेको छ, जसमा एलियनवेयर देखि डेल ल्यापटपहरु पर्ने गर्दछन् । डेल कम्प्युटर प्रयोगकर्ताहरुलाई यो समस्या आउन सक्ने जनाइएको छ ।

डेलको एफएक्युको अनुसार ह्याकरलाई प्रयोगकर्ताको उपकरणको पहुँच मिलेमा मात्रै डेटा चोर्न सक्छन् । समस्या कहिले सम्ममा पुर्ण समाधान हुन्छ भन्ने विषयमा गूगलले केही पनि बताएको छैन् ।