कीवर्डहरू -

बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य

बालबालिका उत्पीडन रोक्न टेक्नोलोनी कोआलिएसनसँग टिकटकको सहकार्य

टिकटकले बालबालिका प्रति उत्पीडन रोक्नका लागि टेक्नोलोनी कोआलिएसन संस्थासँग सहकार्य गरेको छ।बालबालिकाहरुले टिकटकको प्रयोग एकदमै गर्ने हुँदा टिकटकले उक्त संस्थासँग सहकार्य गरेको हो ।

स्टाटिस्टाको रिपोर्ट अनुसार टिकटकमा १० देखि १९ वर्षका २५ प्रतिशत प्रयोगकर्ता रहेका छन् । टेक्नोलोनी कोआलिएसनले बालबालिकालाई अनलाइन यौनजन्य उत्पीडनबाट सुरक्षा दिने गर्छ ।

विज्ञहरुसँग काम गर्दा एपलाई पनि फाइदा पुग्ने टिकटकले बताएको छ । एपले १६ वर्ष माथिकालाई मात्रै लाइभ स्ट्रीमको फिचर दिएको छ र १५ वर्ष सम्मको अकाउन्टलाई प्राईभेट राख्ने गर्दछ ।