कीवर्डहरू -

यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम 

यी हुन गत वर्ष नेपालमा भएका १० इनोभेटिभ काम 

कोरोना भाइरसको डरै डरमा २०७७ साल बित्यो । कोरोनाको जोखिमबीच गत वर्ष सकिएपनि आविष्कार र इन्नोभेसनलाई कोरोनाले रोक्न सकेन । बरू कोरोना संक्रमणसँग लड्न नयाँ नयाँ प्रविधिहरु विकास भए ।

नयाँ नयाँ प्रविधिको विकासले कोरोना संक्रमण रोक्न केही सहज पनि भएको थियो । कोरोनासँग लड्न गत वर्ष पीपीई, मास्क, भेन्टिलेटर, रोबोट लगायतका विकास भएका थिए । आज हामी २०७७ सालमा भएका १० इन्नोभेटिभ कामको बारेमा चर्चा गर्दै छौं ।

१. राष्ट्रिय आविष्कार केन्द्रको पीपीई र भेन्टिलेटर

\"\"

गत वर्ष कोभिड १९ को संक्रमणको रोकथाममा राष्ट्रिय आविष्कार केन्द्रले प्रशंसनीय काम गरेको छ । पीपीईको अभाव भइरहँदा महावीर पुनको संस्थाले नेपाल मै बनाए हजारौं डाक्टर तथा नर्सहरूलाई उपलब्ध गराए ।

यसैगरी कोभिड नियन्त्रणको लागि प्राविधिक तर्फबाट विभिन्न प्रयासहरू भए । बिग्रिएका भेन्टिलेटर बनाउनेदेखि बच्चालाई न्यानो बनाइराख्ने प्रविधिहरू विकास गरिए ।

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि एरिसोल बक्स पनि बनाएको थियो । यसले पीपीईको पहुँच नभएको अस्पतालहरूलाई एकदमै सहयोग पु¥याएको थियो । राष्ट्रिय आविष्कार केन्द्रले १८ वटा कोेभिड उपचार बुथ पनि बनाएको थियो ।

२. नागरिक एप

\"\"

केही दिनअिघ मात्र यसको फुल भर्सन सार्वजनिक भए पनि नागरिक एप गत वर्ष माघ मै सार्वजनिक भएको हो ।

सरकारी सेवा लिन छुट्टाछुट्टै मोबाइल एप प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न र सबै सराकारी सेवाहरू एउटै एप अर्थात् नागरिक एपबाट प्रदान गर्न सरकारले नागरिक एप सञ्चालनमा ल्याएको हो ।

नागरिक एप डिजिटल नेपालको एक महत्वपूर्ण आधार मानिएको छ ।

३. अनलाइनबाटै माटो परीक्षण

\"\"
नेपाल सरकारले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको थियो । यो दक्षिण एशियामै पहिलोपटक माटोको डिजिटल अर्थात् विद्युतीय नक्सा बनाएर सार्वजनिक गरेको हो ।

प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन, कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरको बारेमा जानकारी पाउन सकिने गरी डिजिटल नक्सा तयार गरिएको छ ।

यो नक्सा नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी विभिन्न ५६ जिल्लाबाट कुल २३ हजार २ सय ७३ वटा माटोका नमूनाहरूको परीक्षण गरी तिनको नतिजाको विश्लेषणको आधारमा तयार गरिएको हो ।

यससँगै वर्षको अन्तमा अर्थात् २०७८ को शुरुवातमा अनलाइनबाटै घरजग्गा पास गर्न मिल्नेगरी मेरोकित्ता नामक सिस्टम पनि सार्वजनिक भयो ।

४. पाइला इमर्जेन्सी रिसेसिएटर

\"\"

यो प्रोजेक्ट महामारीमा जीवन बचाउन एकदमै उपयोगी रहेको छ । अहिलेको समयमा भेन्टिलेटर एकदमै महत्वपूर्ण र अभावमा रहेको छ । त्यही कारणले पाइला इमर्जेन्सी रिसेसिएटरले सस्तो र भरपर्दाे भेन्टिलेटर बनाएको थियो ।

यो आइसीयूको भेन्टिलेटरको सट्टा प्रयोग गर्न नमिले पनि श्वास फेर्न गाह्रो हुनेको लागि प्रयोग गर्न सकिन्छ । यसको ४ घण्टाको ब्याट्री लाइफ पनि हुने गर्छ ।

यसले श्वास फेर्न भने राम्ररी सहयोग गर्छ । योसहित नेपालमा अरू पनि एप तथा प्रविधिको विकास भएका थिए ।

५. सिस्टर रोबोट–फुड र मेडिसिन क्यारिङ रोबोट

\"\"

यो रोबोटले बिरामीहरूलाई खाना पुर्‍याउने, औषधि दिने जस्तो कार्यहरू गर्ने गर्छ । यस रोबोटले बिरामीसँग सिधै सम्पर्कमा आउनबाट रोक लगाउँछ । यसलाई आइसोलेसन वार्ड र आइसीयूमा प्रयोग गर्न सकिन्छ ।

यसले मुलुकभरिका अस्पतालहरूमा सेवा दिने लक्ष्य राखेको छ । यो रोबोटलाई टेकु अस्पताल, एपीएफ अस्पताल, हेटौंडा अस्पताल र बुटवल धागो कारखाना अस्पताल आदिमा प्रयोग गरिएको थियो ।

६. डीप लर्निङ र न्युरल नेटवर्क प्रयोग गरेर कोभिड–१९ निमोनिया डिटेक्सन

\"\"

यो को–डेभलपरद्वारा विकसित गरिएको सिस्टम हो । यो प्रविधि वास्तवमा कार्यात्मक र प्रभावकारी मोडेल बन्न पुगेको थियो ।

कोभिडले गर्दा निमोनिया भएको हो कि फोक्सोको सामान्य समस्याको कारण निमोनिया भएको भनेर पत्ता लगाउन र छुट्याउन यसको प्रयोग गर्न सकिन्छ ।

यसले कोभिड र निमोनियाका बिरामीलाई आवश्यक पर्ने औषधि र हेरचाहको बीच भिन्नता थाहा पाउन मद्दत गर्छ ।

७. स्वास्थ्य मन्त्रालयको स्व परीक्षण गर्ने एप र वेबसाइट

\"\"

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा पनि धेरै भिडभाड नगर्न र आफ्नो स्वास्थ्यमाथि निगरानी राख्न ‘हाम्रो स्वास्थ्य’ नामक मोबाइल एप निकालेको थियो ।

यस एप प्रयोगकर्ताले आफ्ना लक्षणहरूको जाँच र के कारणले यस्तो भइरहेको हो भने जानकारी प्राप्त गर्न सक्छन् । आफ्नो नजिकैको स्वास्थ्य केन्द्र र क्वारेन्टाइन सुविधाको बारेमा पनि थाहा पाउन सकिन्छ ।

नेपाल सरकारले अयखष्म।mयजउ।नयख।लउ नामक आधिकारिक वेबसाइट पनि ल्याएको थियो । यसबाट स्वास्थ्य मन्त्रालयले कोरोनाको बारेमा दिएको आधिकारिक जानकारी लिन सकिन्छ ।

८. गो–कोरोना–नर्स रोबोट

\"\"

गो–कोरोना नर्स रोबोट पहिलो नेपाली नर्स रोबोट हो । यसले कोरोनाका बिरामीहरूको हेरचाह गर्ने गर्दछ र स्यानिटाइजर, औषधि, खानेकुरा जस्ता सामान पनि पुर्‍याउन मद्दत गर्छ ।

यसले स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिने लक्ष्य लिएको छ । ४ फुट अग्लो यो रोबोटमा १२ मेगापिक्सेलको क्यामेरा जडित छ । यसमा हाइटेक माइक्रोफोन र अल्ट्रासाउण्ड स्पीकरको व्यवस्था पनि छ ।

यसले मान्छेको आवाज सुनेर सफ्टवेयर प्रयोग गरेर जवाफ पनि फर्काउन सक्ने क्षमता राख्छ । यसलाई हाई स्पीड प्रोसेसरको प्रयोगले चलाइन्छ । ‘गो कोरोना’ एपको माध्यमले यसलाई चलाउन सकिन्छ ।

९. ड्रोनको प्रयोग

\"\"

२०७७ सालमा धेरै क्षेत्रमा ड्रोनको प्रयोग भयो । औषधि तथा अत्यावश्यक सामानहरू पठाउन यसको प्रयोग गरियो ।
लकडाउनको अनुगमन गर्न प्रहरीले दुईवटा ड्रोन प्रयोग गरेको थियो ।

सलह किराको बिगबिगी पनि एकदमै बढेको थियो । त्यसको रोकथामका लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको प्रयोग गरिएको थियो ।

कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभलपमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोन प्रयोग गरिएको हो ।

यससँगै डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गरिएको थियो । हिउँदका समयमा हुने चोरी शिकार रोक्न निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।

१०. कोभिड–१९ क्वारेन्टिन एप

\"\"

स्मार्टपालिकाले पहिलेदेखि नै स्थानीय निकायहरूलाई डिजिटल रूपान्तरण गर्ने उद्देश्य लिएको थियो । यसले नेपालका ७५३ वटै स्थानीय सरकारका लागि कोभिड लाइभ ट्र्याकिङ तथा क्यारेन्टिन व्यवस्थापन प्रणाली बनायो ।

यो प्रणाली सबै स्थानीय तहलाई निःशुल्क प्रदान गरिएको थियो । यस प्रणाली अन्तर्गत हाल क्वारेन्टिन, लाइभ ट्र्याकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वपरीक्षण लगायत अन्य मोड्युलहरू मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध रहेका छन् ।

कम्पनीका अनुसार विस्तारै कन्ट्याक्ट ट्रेसिङ लगायत अन्य मोड्युलहरूको निरन्तर विकास र कार्यान्वयन पनि गरिँदै लगिनेछ ।

यस प्रणालीबाट स्वास्थ्य प्रतिनिधि, स्थानीय प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालयले आफ्नो मातहतको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन् ।

यसबाट प्रयोगकर्ताले स्वप रीक्षण गराउने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्न सक्छन् ।