कीवर्डहरू -

लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुक्ष उस्तै, आवश्यक ग्राहकलाई होमडेलिभरी 

लकडाउनमा पनि मोबाइल र ल्यापटपको सोधपुक्ष उस्तै, आवश्यक ग्राहकलाई होमडेलिभरी 

लकडाउनका कारण अत्यावश्यक सामानबाहेकको बजार बन्द छ । यही बेला ‘वर्क फ्रम होम’ र स्कुल कलजेका अनलाइन कक्षा सञ्चालन भइरहेका छन ।

यो बेला कतिलाई मोबाइल वा ल्यापटप खाचै परेको पनि हुनसक्छ ।

यस्तो बेलामा मोबाइल ल्यापटप आवश्यक पर्ने उपभोक्तालाई ध्यानमा राखेरा ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीले सुरु गरेका छन् होमडेलिभरी ।

यो लकडाउनको समयमा कसैलाई मोबाइल र ल्यापटम चाहिएमा निशुल्क होमडेलिभरी दिइरहेको ताम्राकार मोबाइल व्यवसायी संघका सचिव गुरु शर्माले बताए ।

ग्राहकको सुविधाको लागि भनेर फेसबुक पेज ‘ मोबाइल क्लब ’ रहेको छ । त्यहाँ रहेका सम्पर्क नम्बर फोन गरेर आवश्यक मोबाइल सेट र ल्यापटप होमडेलिभरी गरिदिने उनले बताए ।

त्यहाँ रहेका सम्पर्क नम्बर फोन गरेर आवश्यक मोबाइल सेट र ल्यापटप होमडेलिभरी गरिदिने उनले बताए ।

सोधपुक्ष गर्नेको संख्या थुप्रै रहेको र केही बिक्री पनि भइरहेको उनले बताए ।
‘सोधपुक्ष त दैनिक दुई तीन सय कल आउँछ,’ उनले भने, ‘केही बिक्री पनि भइरहको छ ।’

यसपालीको लकडाउनमा पहिलेको जस्तो बिक्री नभएको उनले बताए । यसअघिको लकडाउनमा दैनिक ५, ७ वटा मोबाइल डोमडेलिभरी हुन्थ्यो भने अहिले अलि कम रहेको उनले बताए ।

पहिले अचानक लकडाउन भएकाले धेरैले आवश्यक सामग्री किन्न पाएका थिएनन् । साथै, लकडाउनमा वर्क फ्रम होम र अनलाइन कक्षा हुन्छ भन्ने थाहा पनि थिएन ।

जब लकडानमा अनलाइन कक्षा र वर्क फ्रम हो सुरु भयो त्यसपछि मोबाइल र ल्यापटपको माग ह्वात्तै बढेको थियो । त्यसले गर्दा बजारमा अभाव पनि भएको थियो ।

तर, यसपाली भने सबै सचेत थिए । लकडाउन हुदै छ भन्ने दुई तीन दिन अघि नै थाहा भएकाले धेरैले त्यही बेला जोहो गरेको उनी बताउँछन् ।

लकडाउन सुरु हुदैछ भन्ने थाहा पाएपछि दुई दिनमा धेरै नै मोबाइल र ल्यापटप बिक्री भए ।

लकडाउन सुरु हुनुभन्दा दुई दिन अघि दैनिक सयदेखि ढेड सय मोबाइलफोन र दैनिक १२-१५ वटा ल्यापटप बिक्री भएको उनी बताउँछन् ।

ग्राहकले आवश्यकताअुनसार सामसङ, एमआइ, आप्पो, रेड्मी, आइफोन जस्ता मोबाइल र डेल, एचपी, लेनोभोलगायतका ल्यापटप किन्न सक्नेछन ।

अनलाइन वा होमडेलिभरीमा ल्यापटपभन्दा मोबाइल धेरै बिक्री भइरहेको उनी बताउँछन् ।

ल्यापटप हेरेर किन्न खोज्नछन् भने मोबइल मोडलका आधारमा पनि होमडेलिभरी भइरहेको उनले बताए ।