कीवर्डहरू -

टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु

टिकटक बनाउने क्रममा उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान ५ का १८ बर्षीय सुभास परियार रहेका छन्। आज धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरमाथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका हुन् ।

उनलाई उपचारको लागी कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।