कीवर्डहरू -

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमितलाई निःशुल्क डाक्टरको परामर्श उपलब्ध गराउने

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेकालाई चिकित्सकीय परामर्श दिने भएको छ । महासंघले सामाजिक अभियान अन्तर्गत हेल्लो डाक्टर सेवा सुरू गरेको हो ।

अभियान अन्तरगत भाइबर मार्फत स्वास्थ्य परामर्श लिन सकिने छ । स्वास्थ्य परामर्श लिन २११११२११११ नम्बरमा भाइबरमा आफ्नो नाम, ठेगाना र उमेर म्यासेज गर्नु पर्नेछ । त्यसपछि डाक्टरको परामर्श लिन समय लिनु पर्नेछ ।

डाक्टर अन कलका चिकित्सकहरुले भाइबर मार्फत भिडियो कल गरी स्वास्थ्य परामर्श दिनेछन् । यो सेवा देशभरका कोरोना संक्रमितले निःशुल्क लिन सक्ने छन् ।

\"\"