कीवर्डहरू -

म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर

म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर

फेसबुकले म्यासेन्जर र इन्स्टाग्राममा नयाँ अडियो र इनबक्स फिचर ल्याएको छ । यसमा एकदमै कामलाग्दो फिचर भनेको इनबक्सबाटै कसले डिएम हेरेको छ भनेर थाहापाउन सक्ने फिचर हो जसले गर्दा कसैले मेसेज बेवास्ता गरेको थाहा हुन्छ ।

मेसेन्जरमा पनि एउटा एकदमै महत्वपूर्ण फिचर आउन लागेको छ । यो फिचरमा स्वाइप गरेर प्रयोगकर्तालाई आफ्नो पुरानो च्याटहरु आरकाइभमा राख्न सकिन्छ । पुराना च्याटहरु खोज्नलाई पनि एपले सहज गरिदिएको छ ।

अर्काइभ गरेर राखिएको च्याटलाई प्रोफाइलमा रहेको मेन्युबाट सजिलै पहुँच पाउन सकिन्छ । त्यस्तै मेसेन्जरमा अडियो रेकर्ड गरेर पठाउँदा अब माइक समाइरहनु पर्दैन् । एक पटक माइक थिचेपछि रेकर्ड हुन आपैm सुरु हुन्छ । यो फिचर चाँडैनै इन्स्टाग्राममा पनि आउने फेसबुकले बताएको छ ।

त्यस्तै आईओएसका इन्स्टाग्राम प्रयोगकर्ताले कसैको फोटो वा भिडियोमा आफ्नै इमेज या क्लीपले रिप्लाई गर्न सकिन्छ । स्वाइप राईट गरेर मेसेजको रिप्लाई गर्न सकिन्छ ।

यो फिचर एन्ड्रोइडमा आउनेछ । मेसेन्जरमा पनि दुई ओटा नयाँ च्याट थिम ल्याइएको छ । थिम दुवै लाईट र डार्क मोडमा उपलब्ध रहेका छन् । च्याट सेटिङगबाट यो फिचर पाउन सकिन्छ ।