कीवर्डहरू -

नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै

नागरिक एपमा ६ महिनामा नयाँ ८० सेवा थप हुने, बागमतिको यातायात कर अब एपबाटै

आइसिटी डेको दिन फुलभर्सनका रुपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रमुख आइटी सल्लाकार अस्गर अलिका केही समयभित्र भित्र खानेपानी विल तिर्नेदेखि यातायात कार्यालयमा कर तिर्नेसम्मका नयाँ फिचर ल्याउन लागेको बताए ।

शनिबार भएको डिजिटल संवादमा बोल्दै अलीले नागरिक एपमा थप्न लागेको सुविधाहरुको बारेमा बताएका थिए।
यसको सुरुवात बागमति प्रदेशबाट सुरु हुने उनले बताए । केही समयभित्रै बागमति कार्यालयहरुको यातायात कर नागरिक एपबाट बुझाउन सकिने बनाउन लागिएको उनले बताए ।

साथै, वार्षिक र अर्थवार्षिक कर तिर्न यसैबाट गरिने उनले बताए। मालपोतका काम पनि यसैबाट हुनेछन् ।

त्यस्तै, विद्यार्थीको सुविधाको लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्व विद्यालयका शैक्षिक विवरण पनि यस एपमा जोडिन लागेको उनले जानकारी गराए ।