कीवर्डहरू -

आईबीएमले बनायो २ न्यानोमिटरको चिप

आईबीएमले बनायो २ न्यानोमिटरको चिप

आइबिएमले संसारकै पहिलो २ न्यानोमिटर चिप बनाएको बताएको छ । कम्पनीको अनुसार चिप प्रविधिमा यो एकदमै ठ्रलो उपलब्धि हो । कम्पनीको अनुसार आइबिएमले नङ जत्रो चिपमा ५० बिलियन ट्रान्जिटर अटाएको छ ।

यसले सात न्यानोमिटर चिपकै ऊर्जामा प्रोसेसरलाई ४५ प्रतिशतले पर्फर्मेन्स बुस्ट दिनेछ । यसले ऊर्जा खपत धेरै हदसम्म कम गर्ने बताइएको छ ।

२ न्यानोमिटर चिप प्रयोग गरिएको मोबाइल फोनमा सात न्यानोमिटर चिपको भन्दा चार गुणा बढि ब्याट्री लाइफ हुनेछ । आइबिएमको अनुसार प्रयोगकर्ताले चार दिनमा एकचोटि चार्ज गरेपछि पुग्नेछ ।

ल्यापटपले पनि यस्तो प्रोसेसरले स्पीड बुस्ट पाउनेछन् । स्वायत्त गाडीहरुले कुनै चिजमा छिटो प्रतिक्रिया देखाउनेछन् । यसमा फाइभ जी, सिक्स जी र क्वान्टम कम्प्युटिङको क्षेत्रमा पनि सहजता गराउनेछ । यो प्रयोगमा कहिले देखि आउनेछ भनेर पत्ता लगाउन सकिएको छैन् ।