कीवर्डहरू -

एचपीको अल इन वान डेक्स्टप सार्वजनिक

एचपीको अल इन वान डेक्स्टप सार्वजनिक

एचपीले ईलाइट वान ८०० जि एट नामक अल इन वान डेक्स्टप पिसी सार्वजनिक गरेको छ । यसमा एआईमा आधारित आवाज घटाउने फिचर पनि रहेको छ ।

यसमा रहेको प्रेजेन्स अवेरनेस फिचरले प्रयोगकर्ता पिसी अगाडिबाट हटे भने स्वत रुपमा लक हुनेछ । डेक्स्टपमा सुरक्षाका लागि केबल लक सर्पाेर्ट पनि रहेको छ । यो पिसि २३.८ र २७ इन्चमा उपलब्ध रहेको छ ।

यसमा २५६० १४४० रिजोल्युसनको डिस्प्ले रहेको छ । यसमा कम ब्लु लाईट र एन्टी ग्लेरिङ भ्युयिङ रहेको छ । यस डेक्स्टपमा डुअल फेसिङ ५ एमपि वेबक्याम पनि रहेको छ ।

ईलाइट वान ८०० जि एट को वेबक्याममा आईआर क्यामेरा र टाइम अफ फ्लाईट सेन्सर रहेको छ । यसले गर्दा क्यामेराले प्रयोगकर्तालाई पछ्याउन सक्छ । त्यस्तै लाईट लेभल अनुसारले पिसीले सेटिङ मिलाउने गर्दछ ।

त्यस्तै भ्वाइस कन्सीस्टेन्ट फिचरले प्रयोगकर्ता माइकबाट टाढा भएपनि नजिक भएपनि एउटै भोलुम राख्ने गर्दछ । ईलाइट वान ८०० जि एटले डिडिएआरफोर ३२०० को ६४ जिबि एसडि र्‍याम र २ टेराबाइट एसएसडि र्‍याम सपोर्ट गर्ने गर्छ । स्टोरेसलाई अझै बढाउन पनि सकिन्छ ।

यसमा एघारौँ जेनेरेसनको इन्टेल प्रोसेसर प्रयोग गरिएको छ । यसमा कनेक्टिभिटिका लागि युएसबी सी, तीन ओटा युएसबी ए, डिस्प्ले पोर्ट, एचडीएमआई र ईथरनेट पोर्ट रहेको छ । यसमा ब्लुटुथ फाइभ र वाईफाई ६ का लागि सपोर्ट रहेको छ ।