कीवर्डहरू -

नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल 

नेपाली पब्जी टिम डिआरएस गेमिङ पब्जी मोबाइल विश्व सूचीको टप टेनमा पर्न सफल 

नेपाली पब्जी मोबाइल टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइलको विश्व सूचीमा १० नम्बरमा पर्न सफल भएको छ ।

इस्पोर्ट्स जेनले हालै सार्वजनिक गरेको पब्जी मोबाइको विश्व सूचीमा ५०४ प्वाइन्ट प्राप्त गर्दै दक्षिण एशियाबाट डीआरएस गेमिङ १० नम्बरमा पर्न सफल भएको हो ।

उक्त सूचीको पहिलो र दोस्रो नम्बरमा चीनका क्रमशः टिम वेइबो र नोभा इस्पोर्ट्स पब्जी टिम रहेका छन् । इस्पोर्ट्स जेनले उत्कृष्ट २० पब्जी मोबाइल टिमको नाम सार्वजनिक गरेको थियो ।

\"\" \"\"

केही समय अगाडि डिआरएस गेमिङ पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया सिजन थ्रीको विजेता भएको छ । विजेता भएसँगै डिआरएसले लिग र फाइनल राउन्डबाट करिब २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । डिआरएस टिममा ५ जना खेलाडी रहेका छन् । जसमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।