कीवर्डहरू -

कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने 

कनेक्ट आईपीएसको मोबाइल एपबाट दैनिक २ लाखसम्म कारोबार गर्न सकिने 

देशका विभिन्न ठाउँमा अहिले कोरोना संक्रमण रोक्न निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सबै सेवा ठप्प छन् ।

यस्तो अवस्थामा डिजिटल कारोबार प्राथमिकतामा परेको छ । गत वर्षको लकडाउन देखि नै डिजिटल कारोबारका प्रयोगकर्ता एकदमै बढेका छन् ।

पछिल्लो समय कनेक्ट आईपीएसबाट हुने कारोबार पनि बढ्दो छ । हालै कनेक्ट आईपीएसले कनेक्ट आईपीएसबाट हुने कारोबारको सीमा तोकेको छ ।

कनेक्ट आईपीएसको मोबाइल एपबाट प्रति कारोबार १ लाख र वेब/गेटवेबाट प्रतिकारोबार १० लाख रूपैयाँसम्म कारोबार गर्न सकिने नेपाल क्लियरिङ हाउसले जानकारी दिएको छ ।

त्यस्तै कनेक्ट आईपीएसको मोबाइल एपबाट दिनमा २ लाख र वेब/गेटवेबाट दिनमा २० लाख रूपैयाँसम्म कारोबार गर्न सकिन्छ । साथै ब्रोकेर कारोबार दिनमा १ करोड रूपैयाँसम्म गर्न सकिने कम्पनीले जनाएको छ ।