कीवर्डहरू -

माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने

माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने

माइक्रोसफ्टले विन्डोज टेन एक्सको निर्माण बन्द गर्न सक्ने भएको छ । पेट्रीका अनुसार माइक्रोसफ्टले यो वर्ष विन्डोज टेन एक्स प्रयोग गर्न सकिने छैन् ।

माइक्रोसफ्टले विन्डोज टेन एक्स नामक विन्डोजको एउटा नयाँ र लाईटवेट भर्सन जसलाई डुअल स्क्रीन डिभाइसमा प्रयोग गर्न सकिन्थ्यो । यसको निर्माण पूर्ण रुपले ठप्प हुन सक्ने पनि आशङ्का गरिएको छ ।

विन्डोज टेन एक्स सार्वजनिक गर्नु सट्टा कम्पनीले त्यस ओएसका लागि निर्माण गरेको फिचरहरु विन्डोज टेन प्रपरमा प्रयोग गर्ने भएको छ ।

फिचरमा यूजर इन्टरफेस र एप कन्टेनर पर्न सक्छन् । माइक्रोसफ्टले आधिकारिक रुपमा केही पनि बताएको छैन् । माइक्रोसफ्टका अनुसार विश्वमा १.३ बिलियन सक्रिय विन्डोज टेन रहेका छन् ।