कीवर्डहरू -

आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत

आईओएस १४.५ मा कुल ४ प्रतिशत प्रयोगकर्ता मात्रै एप ट्रयाकिङ फिचरमा सहमत

आईओएस १४.५ को फिचर आएपछि अमेरिकामा कुल ४ प्रतिशत आईफोन प्रयोगकर्ताले मात्रै एप ट्रयाकिङ फिचरमा सहमत भएका छन् ।

भेराइजनले सफ्टवेयर आएको पहिलो १२ दिनको सर्वेक्षण अनुसार यो कुरा पत्ता लागेको हो  । विश्वव्यापी रुपमा पनि हेर्दा यसको १२ प्रतिशत मात्रै रहेको छ ।

तर नोटिफिकेसन आउँदा धेरैले रिक्वेस्ट अस्वीकार गरिरहेका छन् । यो सर्वेक्षण अमेरिकामा २.५ मिलियन दैनिक प्रयोगकर्ताको माथि गरिएको थियो र विश्वव्यापी रुपमा ५.३ मिलियन प्रयोगकर्ता माथि गरिएको थियो ।

यही दर पछिसम्म पनि रहन्छ भन्ने कुराको ठहर छैन् । फेसबुकले एप्पलले यो सुरक्षा बदलाव ल्याएदेखि नै यो फिचरलाई फेसबुकले आलोचना गरिरहेको थियो ।

यसले गर्दा धेरै मात्रामा विज्ञापनको क्षमता गुम्ने भएकाले फेसबुकलाई यो फिचर मनपरेको छैन् । यसले सानो व्यवसायहरुलाई अझै समस्या हुने फेसबुकको दावी छ तर एप्पलले प्रयोगकर्तासँग पारदर्शी हुनुपर्छ भन्ने धारणा राखेको छ ।