कीवर्डहरू -

नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै

नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना हुँदै

डिजिटल नेटवर्क सोलुसनले नेपाल डिडिओएस अट्याक ट्रेण्ड र कसरी प्रतिक्रिया गर्ने विषयमा वेबिनार आयोजना गर्ने भएको छ । क्लाउडफ्लेयरसँगको सहकार्यमा डिजिटल नेटवर्क सोलुसनले उक्त विषयमा वेबिनार आयोजना गर्ने भएको हो ।

यो कार्यक्रम बैशाख २९ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । डिस्ट्रिबियुटेड नेटवर्क अट्याकले तपाईको संस्थालाई कसरी फरक पार्छ बारे पनि यो वेबिनारबाट थाहापाउन सकिने छ ।

कार्यक्रममा वक्ताको रुपमा क्लाउडफ्लेयरका भारत र सार्क क्षेत्रका अध्यक्ष स्यामुयल सत्यजित, डिजिटल नेटवर्क सोलुसनका प्रमुख कार्यकारी अधिकृत अरुन खत्री र क्लाउडफेयरका क्षेत्रीय विक्रि नेतृत्व दिपेश मोनि रहेका छन् । वेबिनारमा डिडिओएस अट्याकको नेपालमा कस्तो चलनको विषयमा समेत छलफल गरिनेछ ।

त्यस्तै क्लाउडफ्लेयर म्याजिक ट्रान्जिट र डिजिटल नेटवर्क सोलुसन मिलेर सबै प्रकारको डिडिओएस एटाकका जोखिम कसरी कम गर्छन भन्ने बारे पनि छलफल गरिनेछ ।

वेबिनारको अन्त्यमा क्युएनए सेसन पनि हुनेछ र तीन जना भाग्यशाली सहभागीले आकर्षक गिफ्ट पनि पाउनेछन् । यो कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।