कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल

राष्ट्रिय आविष्कार केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्छः उपप्रधानमन्त्री पोखरेल

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच आईतबार भेट भएको छ ।

उक्त भटेका क्रममा राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाविरूद्दको लडाईंमा खेलेको भूमिकाको उपप्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

केन्द्रलाई जीवन्त राख्न सरकारले सहयोग गर्ने पनि पोखरेलले बताए । वैज्ञानिक पुनले पनि सरकारले खेलेको भूमिकाको पनि चर्चा गर्दै काम गर्दा पनि नदेखिने अबस्था बनेको बताए ।

उनीहरूबीच अक्सिजन सिलिण्डर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री निर्माण लगायतका विषयमा छलफल भएको थियो ।