कीवर्डहरू -

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । शुक्रबार उक्त इन्धन पाइपलाइनमा र्‍यानसमवेयर साइबर हमला भएको हो ।

ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएपछि  अमेरिकाको सरकारले आपतकाल घोषणा गरेको छ  र सेवा शुरू गराउने प्रयास गरिरहेको छ ।

उक्त र्‍यानसमवेयर साइबर हमला डार्कसाइड नामक साइबर ग्रुपले गरेको बताइएको छ । अमेरिकाको कोलोनियल पाइपलाइनमा साइबर अट्याक भएको हो । यसले दैनिक २५ लाख ब्यारेल इन्धन आपूर्ती गर्छ ।