कीवर्डहरू -

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

युरोपदेखि भारतसम्म रियलमीको बजार विस्तार उच्च, वार्षिक १८३ प्रतिशतले वृद्धि 

विश्वमा तीव्र बजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न सफलभएको छ ।

काउन्टर प्वाइन्टको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ ।

विश्वका १३ देशमा विक्री हुने मोबाइल फोनमध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलो पटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।

सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार  गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ ।

पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।

क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ ।

यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५ औँ ठूलो बजार वृद्धि गरेको छ ।

यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा पार्न सफल देखिएको छ ।

२०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमा शीर्ष ५ स्थानमा रहेको छ र रिपोर्टअनुसार भारत, ईन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार माग उच्च देखिएको छ ।