कीवर्डहरू -

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

निषेधाज्ञामा इन्टरनेटको बिल कसरी तिर्ने ? यस्ता छन् सेवा प्रदायकका विकल्प

मुलुकभर लकडाउन भइरहेको बेला इन्टरेनेटको खपत बढिरहेको छ ।

कार्यालयको काम, स्कुल कलेजको कक्षादेखि समय बिताउने र मनोरञ्जनको साधन बनेको इन्टरनेट ।

तर, यही बेला इन्टरनेटको बिल तिर्नु पर्यो भने गर्ने त ? कतै लाइन काटिने हो कि भन्ने चिन्ता उपभोक्तामा छ ।

दैनिक काम इन्टरनेटमा आधारित भइरहेको बेला इन्टरनेटको शुल्क तिर्न धेरै गाह्रो छैन ।

पहिला जस्तो कार्यालय पुग्नै पर्ने अवस्था पनि छैन । तर, भौगोलिक रुपमा दुर्गममा भएका वा डिजिटल भुक्तानीमा अभ्यस्त नभएका परिवारलाई केही समस्या हुनसक्छ ।

तर, नयाँ प्रविधिमा रुपान्तरण हुने बेला पनि यही हो । घरबाट बाहिर निस्किन नसक्ने यस्तै अवस्थामा सूचना तथा सञ्चार प्रविधिको धेरै सहयोग हुनसक्छ ।

उपभोक्तालाई इन्टरनेट सेवा प्रदायकहरुले शुल्क भुक्तानीको लागि विभिन्न विकल्पहरु उपलब्ध गराएका छन् ।

भौतिक रूपमा कार्यालयसम्म जान सक्ने अवस्था नभएकाले यो बेला डिजिटल वालेट वा मोबाइल बैंकिङबाट शुल्क तिर्न सकिने जनाएका छन् ।

उनीहरुले यस्तो अबस्थामा अनलाइनबाटै बिल तिर्न आफ्ना उपभोक्तालाई आग्रहसमेत गरेका छन् ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) तथा सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले सबै जसो कम्पनीले अनलाइन भुक्तानीको सेवाउपलब्ध गराएकाले यही विधि अपनाउन आग्रह गर्छन् ।

यसले गर्दा बिल तिर्न पनि सजिलो र संक्रमणको डर पनि नहुने उनको भनाइ छ ।
सुबिसुमा पनि अनलाइन भुक्तानी बढेको छ ।

सुबिसुमा हुने उपभोक्ताको ६० प्रतिशत भुक्तानी डिजिटल माध्यमबाट हुने गरेको बताए ।

वालेट, मोबाइल बैंकिङ जस्ता डिजिटल माध्यमको प्रयोग गरेर सुबिसुको इन्टरनेटको बिल तिर्न सकिने उनको भनाइ छ ।

यदी कोही डिजिटल भुक्तानी गर्न समर्थ छ भने सेल्स म्यान पनि तयार रहेको बताए ।

नयाँ प्रविधिमा रुपान्तरण हुने बेला पनि यही हो । घरबाट बाहिर निस्किन नसक्ने यस्तै अवस्थामा सूचना तथा सञ्चार प्रविधिको धेरै सहयोग हुनसक्छ ।

‘यदी कसैसँग डिजिटलबाट बिल तिर्न सक्ने माध्यम छैन् भने सेल्सको मान्छेलाई बोलाएर समेत बिल तिर्न सकिन्छ,’ पराजुलीले आइसिटी समाचासँग भने ।

त्यस्तै, अर्को इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले पनि अनलाइन माध्यमबाट बिल तिर्न सकिने र सकेसम्म यसको प्रयोग गर्न आग्रह गरेको छ ।

वर्ल्डलिंक का निर्देशक लक्ष्मण यादवले माबाइल वालेट, मोबाइल बैंकिङ, डिजिट बैंकबाट बिल तिर्न सकिने बताए ।

‘बिल तिर्न अफिस पुग्नु पर्ने बाध्यता छै,’ उनले भने, ‘घर बसिबसी अनलाइनबाट तिर्न सकिन्छ ।’

त्यस्तै, अर्को ठूलो इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले पनि विल भुक्तानी गर्न काउन्टर मै पुग्न नपर्ने बजनाएको छ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले इन्टरनेट बिल अनलाइनबाटै तिर्न सकिने जानकारी दिए ।

‘बिल तिर्न टेलिकमको काउन्टरमा पुग्नुपर्छ भन्ने छैन्,’ उनले भने, ‘वालेटलगायतका अनलाइन माध्यमको प्रयोग गरी घरमै बसेर इन्टरनेटको बिल तिर्न सकिन्छ ।’