कीवर्डहरू -

घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी

घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी

कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । अत्यावश्यक बाहेकका व्यापार, कार्यालय, स्कुल, कलेजदेखि सबै बन्द छन् ।

यो बेला सकेसम्म प्रविधिको प्रयोग गरेर कामहरु पनि भइरहेका छन् । यस्तो अवस्थामा घरमै बसेर काम गर्न सहयोग गर्ने विभिन्न टुल्सहरु उपलब्ध छन् ।

घरमा बसेर काम गर्न सहज बनाउने केही टुल्सहरुका बारेमा हामीले यहाँ जानकारी दिएका छौं ।

गो टु मिटिङ

गो टु मिटीङ वेब कन्फेरेन्सिङ सेवा प्रदान गर्ने एउटा लोकप्रिय नाम हो । यसको निशुल्क प्लानमा पनि कन्फेरेन्स कल होस्ट गर्न सकिन्छ ।  गो टु मिटिङमा स्क्रीन शेयर गर्न पनि सकिन्छ । यसको मद्दतबाट जो कोहीले एक क्लिकमा मिटिङ सुरु गर्न सक्छ ।

मिटिङमा यसको सहयोगले माइक्रोसफ्ट अफिस प्रोग्राम, च्याट लिङ्क तथा इमेलको प्रयोग गर्न सकिन्छ ।

गो टु मिटिङको निशुल्क प्लानमा अडियो कन्फेरेन्सिङको सुविधा रहेको छ भने सशुल्क प्लानमा भिडियो कन्फेरेन्सिङको सुविधा रहेको छ ।

यसमा वेब अडियो कन्फेरेन्सिङ भिओआईपी भ्वाइस च्याटको विकल्पको साथमा आउछ । गो टु मिटिङको निशुल्क प्लानमा तीनजना मात्रै सहभागी हुन पाइन्छ ।

बेसक्याम्प

बेसक्याम्प प्रोजेक्ट म्यानेजमेन्ट तथा आन्तरिक कम्युनिकेसनको लागि प्रयोग हुन्छ । बेसक्याम्पमा म्यासेज बोर्ड, सेड्युल, डकुमेन्ट, फाइल, टुडु, अटोमेटिक चेकइन प्रश्नहरुको समेत सुविधा रहेको छ ।

यसमा आवश्यक नभएको बेला बन्द गर्न र थर्ड पार्टी टुल्स समेत एकीकृत गर्न सकिन्छ । यसले सिईओ, प्रोजेक्ट म्यानेजर तथा व्यक्तिलाई पनि कभर गरेको छ।

बेसक्याम्प एन्ड्रोइड, आइओएस तथा कम्प्युटरमा समेत उपलब्ध रहेको छ ।

टाइम डक्टर

टाइम डक्टर को सहायताले टाइम ट्रयाकिङ गर्न सकिन्छ । टाइम डक्टरको उदेश्य भनेको व्यक्ति तथा संघसंस्थालाई प्रडक्टिभ बनाउनु हो ।

यसमा आवश्यकता अनुसार टाइम ट्रयाकिङ, स्क्रीन सट, च्याट मोनिटरिङ, रिपोर्ट, एकीकृत, टाइम अलर्ट, जीपीएस ट्रयाकिङ, रिमाइन्डर तथा एटेन्डेन्स ट्रयाकिङ लगायतका विभिन्न सुविधाहरु प्रयोग गर्न सकिन्छ ।

यो सबै डिभाइसहरुमा उपलब्ध रहेको छ । यसलाई प्रोजेक्ट म्यानेजमेन्ट, कम्युनिकेसन तथा एकाउन्टी सफ्टवेयरसँग सिंक गर्न सकिन्छ ।

यसले स्ल्याक, बिट बकेट, बेसक्याम्प, गूगल एप, टास्क, अफिस ३६५, ट्रेलो, वर्डप्रेस, जोहो लगायतका विभिन्न सफ्टवेयर सपोर्ट गर्छ ।

बिट बकेट

बिट बकेट न्ष्तमा आधारित कोड होस्टिङ तथा कोलाबोरेसन टुल हो । बिट बकेटले जीरा तथा ट्रेलो सफ्टवेयर पनि एकीकृत गरेको छ ।

बिट बकेटमा आइडिइ एकीकृत पनि रहेको छ । कोड, व्यवस्थापन तथा सँगै काम गर्न यो एकदमै राम्रो रहेको छ ।

स्केच
स्केच प्रोजेक्ट डिजाइनको लागि उपयोगी रहेको छ । यसमा क्लाउड लाइब्रेरी, स्मार्ट लेआउट, भेरीएबल फन्ट, स्मार्ट डिष्ट्रिब्ट डिजाइनको लागि आवश्यक पर्ने सुविधाहरु रहेको छ ।

स्केचमा वर्कस्पेस टिममा शेयर गर्न पनि सकिन्छ ।  यसमा १० लाख भन्दा बढी डिजाइनरहरु रहेका छन् ।

जेपलिन

जेपलिन डिजाइनर तथा डेभल्परको कोलाबोरेन गर्नको लागि विकास गरिएको । जेपलिनमा डिजाइनको लागि स्केच, फिगमा, एडोब एक्सडी, एडोब फोटोसप एकीकृत गरिएको छ । त्यस्तै कोलाबोरेसनको लागि स्ल्याक, ट्रेलो र जिरा एकीकृत गरिएको छ ।

इनभिजन एप

इनभिजन एप डिजिटल प्रडक्ट डिजाइन प्लाटफर्म हो । यसमा आइडियसन, डिजाइन, प्रोटोटाइपिङ तथा डिजाइम व्यवस्थापनको लागि चाहिने टुल्सहरु रहेका छन् । यसमा ५० लाख भन्दा बढी मानिसहरु जोडिएका छन् । इनभिजन एपमा माइक्रोसफ्ट, स्ल्याक, स्केच, एडोब, टिमवर्क, ड्रपबक्स तथा एटलासियन एकीकृत गरिएको छ ।

टर्मिअस

टर्मिअस भनेको सुरक्षाको लागि प्रयोग गरिने प्लाटफर्म हो । यसबाट सुरक्षित रुपमा सबै डेटाहरु सबै डिभाइसमा सिंक गर्न सकिन्छ ।  टर्मिअसले डाटाहरु सुरक्षित गर्नको लागि इन्ड टु इन्ड इनक्रिप्सन प्रयोग गर्दछ ।

२४ हजारभन्दा बढी इन्जिनियरले टर्मिअस दैनिक प्रयोग गर्दछन् । टर्मिअस म्याक, विन्डोज, लिनक्स, एनड्रोइड तथा आइओएसमा उपलब्ध रहेको छ ।

स्ल्याक
स्ल्याक टीममा कम्युनिकेशन गर्नको लागि एकदमै उपयोगी हुन्छ । कोरोना भाइरसको कारण अहिले सबैले अफिसको काम घरबाट गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नो टीमसँग समन्वय गर्नको लागि यो एकदमै राम्रो माध्यम हो ।
यो निशुल्क र सशुल्क दुबै माध्यममा उपलब्ध रहेको छ ।

स्ल्याकका अहिले १ करोड २० लाख भन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता छन् । त्यस्तै १ लाख भन्दा बढी सशूल्क प्रयोगकर्ता छन् । स्ल्याकको प्रयोग दैनिक १५० भन्दा बढी देशबाट हुने गरेको छ ।
काममा इकोसिस्टम बनाउनको लागि पनि यो निकै राम्रो हुन्छ । यसमा फाइल शेयरिङ, भ्वाइस, भिडियो तथा स्क्रीन शेयर लगायतका विभिन्न सुविधा छन् । स्ल्याकमा २ हजार भन्दा बढी एपहरु एकीकृत भएका छन् ।

ब्रेन डट एफएम

संगीत एउटा यस्तो चिज हो, जसले ध्यानलाई केन्द्रीत तथा भावनालाई व्यक्त गर्न सक्छ । तर ब्रेनले भने संगीतलाई नयाँ रुपमा प्रयोग गरेको छ ।
ब्रेन एफएमले वैज्ञानिक, संगीतकार तथा डेभल्परसँग सहकार्य गरेको छ ।

ब्रेन एफएम मा भएको संगीतले फोकस गर्ने क्षमतालाई सुधार गरेको छ । यसले त्यस्तो संगीतको विकास गरेको छ, जसले तपाईँको ब्रेनलाई प्रभावित पार्न सकोस । १ लाख ५० हजार भन्दा बढीले यसको प्रयोग गरिसकेका छन् ।

(विभिन्न वेबसाइटको सहयोगमा )