कीवर्डहरू -

चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना

चीनको फाइभ बि रकेटको फुटेको भाग हिन्द महासागरमा खस्यो, नासाद्वारा आलोचना

चीनको फाइभ बि रकेटको फुटेको भाग गएर हिन्द महासागरमा खसेको छ । माल्दिभसको पश्चिम भागमा १०ः२४ इस्टर्नमा सोही रकेटको भाग खसेको हो ।

यसले जनधनको क्षति नपुर्‍याएको अनुमान लगाइएको छ । अर्बिटमा टियानगोङ स्पेस स्टेसन पठाउनका लागि अप्रिल २९ मा चीनबाट फाइभ बि रकेट लञ्च गरिएको थियो ।

लञ्चको केही समयमै रकेटले लक्षित उचाई लिन नसकेर यस्तो समस्या आएको हो । अमेरिकाको नासा प्रशासनले चीनको आलोचना गर्दै स्पेस डेब्रिसको राम्ररी ध्यान दिनुपर्ने बताएको छ । मान्छेको ज्यान जानसक्ने काम गर्नु नहुने नासाको भनाइ थियो ।