कीवर्डहरू -

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउने

ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क पाईथन प्रोग्रामिङ सिकाउने भएको छ । यो निःशुल्क सेसन जेष्ठ २ गतेदेखि जेष्ठ ४ गते सम्म सञ्चालन हुनेछ ।

यो सेसन बिहान ९ः५० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने ब्रोडवेले जनाएको छ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन हुनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यसमा पाईथनको आधारभूत कुराहरु, फ्रेमवर्क, स्कोप र भविषय बारे छलफल गरिनेछ ।

यो निःशुल्क अनलाइन कक्षामा सहभगाी हुन यहाँ क्लिक गर्नुहोस् । पहिले आएर फाराम भर्नेलाई अनलाइन कक्षाको लागि प्राथमिकता दिने कम्पनीले जनाएको छ ।